Shikhar Insurance

माधव नेपालले भनेः मुलुकलाई भड्खालोमा पुग्नबाट समयमै जोगाऔं

सिंहदरबार संवाददाता
२०७८ असार ८, मंगलवार २०:४४
NIMB
Nabil Bank

काठमाडौं । नेकपा(एमाले)का बरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले मुलुकलाई भड्खालोमा पुग्नबाट समयमै जोगाउन अपिल गरेका छन् । सर्वाेच्च अदालतले ओली सरकारको मन्त्रिमण्डल विस्तारलाई अबैध ठहर गरेपछि सामाजिक सञ्जाल फेसबुक मार्फत बरिष्ठ नेता नेपालले प्रधानमन्त्री ओलीबाट पटक पटक गलत कार्य भैरहेको र त्यसले मुलुक र व्यवस्थालाई संकट तर्फ धकेलेको समेत बताएका छन् ।

उनले दुई तिहाई नजिकको नेकपा सरकार बनेर ऐतिहासिक काम गर्ने अवसर प्राप्त भएको तर ओलीको हठले देश र पार्टी नै संकटमा पुगेको निष्कर्ष पनि दोहोर्याएका छन् । उनले आफु पार्टी एकताकै पक्षमा रहेको तर ओलीको हठले एकताको वातावरण नबनेको पनि बताएका छन् । नेता नेपालले संबिधान र व्यवस्था जोगाउन बामपन्थी र लोकतान्त्रिक शक्तिहरु एक ठाउँ उभिनुपर्नेमा पनि जोड दिएका छन् ।

Citizen Life
Kumar Bank
Nepal Life

उनले फेसबुकमा लेखेका छन्
संसदमा झण्डै दुई तिहाई बहुमतका साथमा बलियो सरकार बनेको थियो । जनचाहना अनुसार इतिहासमै सबैभन्दा ठूलो कम्युनिष्ट पार्टी “नेकपा” बनेको थियो । तर, संसद्, सरकार र पार्टी (नेकपा) साथै नेकपा(एमाले)लाई तहसनहस गरेर गलत बाटो अंगाल्दाको परिणाम सिंगो देश सहित पार्टी र जनताले भोग्दैछन्। सरकार र पार्टीको पदको दुरुपयोग गरेर पटक पटक गलत निर्णय गर्दै जाने स्थितिले पार्टी, देश र कसैलाई गन्तब्यमा पुर्याउँदैन र राम्रो परिणाम दिँदैन । हामीले गलत कार्यको खबरदारी गर्दै आएका थियौं र छौं । एकताबद्ध पार्टी र आन्दोलन बनाउन लागौं साथै नेपाल राष्ट्रको गरिमा ऊँचो राख्न तथा संविधान, गणतन्त्र र नेपाली जनताको हितको रक्षा गर्न सम्पूर्ण वामपंथी ,लोकतान्त्रिक र परिवर्तनकारी सकारात्मक शक्तिहरू एक हौं । मुलुकलाई भड्खालोमा पुग्नबाट समयमै जोगाऔं ।।

GBIME

प्रतिक्रिया दिनुहोस्