Shikhar Insurance

कागेश्वरी मनोहराको बजेट दुई अर्ब तीन करोड, के के छन् प्राथमिकतामा ?

सिंहदरबार संवाददाता
२०७८ असार ९, बुधबार ११:१८
NIMB
Nabil Bank

काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिकाको नगरसभामा दुई अर्ब तीन करोड ७६ लाख ९२ हजार ९२ को बजेट पेश भएको छ ।आर्थिक वर्ष २०७८/२०७९ का लागि नगरसभाको सोमबार शुरु बैठकमा चालुतर्फ ४७ करोड ५२ लाख ५९ हजार र पुँजीगत खर्चतर्फ एक अर्ब ५६ करोड २४ लाख ३३ हजार ९२ को बजेट विनियोजन गरिएको छ । सभामा पेश गरिएको आगामी आर्थिक वर्षको अनुमानित बजेटमाथि छलफल गरी असार १० गते पारित गर्ने कार्यक्रम रहेको नगर प्रवक्ता राजाराम पुडासैनीले राससलाई जानकारी दिए ।

बजेटमा कोभिड–१९ बाट नगरवासीलाई बचाउन स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिइएको छ । मूलपानीमा रहेको नगर अस्पताललाई अक्सिजन, आइसियुसहितको सुविधा सम्पन्न बनाइने बजेट वक्तव्यमा उल्लेख गरिएको छ । यसैगरी रोजगारी सृजना एवं पूर्वाधार विकासलाई पनि बजेटमा प्राथमिकता दिइएको छ । कृषि, शिक्षालगायत शीर्षकमा पनि प्राथमिकताका साथ बजेट विनियोजन गरिएको जनाइएको छ ।रासस

Citizen Life
Kumar Bank
Nepal Life
GBIME

प्रतिक्रिया दिनुहोस्