Shikhar Insurance

स्वास्थ्य मन्त्रालयमा शेबहादुरका १९ दिनः गाँजाको औषधीय उपयोग र अनुसन्धानको लागि पहल शुरु

सिंहदरबार संवाददाता
२०७८ असार ९, बुधबार १२:५३
NIMB
Nabil Bank

काठमाडौं । निवर्तमान स्वास्थ्य तथा जनसंख्या मन्त्रीले शेरबहादुर तामाङले आफ्नो १९ दिने कार्यकालमा ४ ठूला काम गरेको दाबी गरेका छन् । विश्वव्यापी कोरोना महामारीमा १९ दिन मन्त्री बनेका तामाङले खोप तथा उपचारमा तल्लीन भएको बताएका हुन् ।

उनले कोरोना नियन्त्रणमा इमान्दार प्रयत्न गरेको दाबी गरेका छन् । उनका अनुसार खोप ल्याउने सम्बन्धी सबै प्रक्रिया भएको र केही दिनमा नै खोप आउने सुनिश्चित भएको जिकिर गरेका छन् ।
यदी पछिल्लो राजनितिक घटनाक्रमले खोप आउन ढिलो हुने र नेपाली नगरिकको जीवन माथी नै तलमाथी भएमा त्यसको नैतिक जिम्मेवारी आफ्नै हुने उनको भनाइ छ ।

Citizen Life
Kumar Bank
Nepal Life

उनले आफ्नो कार्यकालमा सबै नेपाली जनताको स्वास्थ्य उपचार निःशुल्क गर्ने सम्बन्धी छलफल र प्रारम्भिक प्रक्रिया शुरूवात गरेको तथ सम्पूर्ण सरकारी अस्पतालहरुलाई सुविधासम्पन्न बनाई अस्पतालमा आउने सबै बिरामीलाई उपचारको सुनिश्चितता गर्ने प्रकृयाको आरम्भ भएको बताएका छन् ।

तामाङले आफ्नो कार्यकालमा गाँजाको औषधीय उपयोग र अनुसन्धानको लागि पहल शुरु भएको पनि बताएका छन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्