Shikhar Insurance

नेप्से फेरि नेगेटिभः १ सय ६५ कम्पनीको सेयर मूल्य घट्दा परिसूचक ५३ अंकले गिरावट

सिंहदरबार संवाददाता
२०७८ असार ९, बुधबार १५:२६
NIMB
Nabil Bank

काठमाडौं । लगातार ४ दिन ऋणात्मक रहेर मंगलबार सुधारिने प्रयास गरेको सेयर बजारमा बुधबार फेरि लगाम लागेको छ । कारोबार अवधिको अन्त्यसम्म १ सय ६५ वटा कम्पनीको मूल्य घट्दा नेप्से परिसूचक ५३.८८ अंकले ओर्लिएको हो ।

अघिल्लो साताको अन्तिम दुई दिन सामान्य घटेको सेयर बजार यस साताको पहिलो दुई दिन ठूला पहिरो आएका थिए । मंगलबार भने भारी सुधार आत्मसाथ गरेर लगानीकर्तालाई हर्षित बनाउने प्रयास गरेको नेप्से परिसूचकमा बुधबार अर्को भारी गिरावट आएको हो ।

Citizen Life
Kumar Bank
Nepal Life

बुधबार नेप्से १.८५ प्रतिशतले घटेर २८५९.९६ अंकमा पुगेको छ । यसक्रममा १५ कम्पनीको मात्र सेयर मुल्य बढे । बजारमा अवधिभर २ सय१८ स्क्रिप्ट किनेबेच भएका छन् ।

नेप्से घट्दै गर्दा बजारमा कारोबार रकममा पनि भारी गिरावट आउन थालेको छ । आज सेयर बजारमा १ करोड ९४ लाख कित्त सेयर ८ अर्ब ३६ करोड रूपैयाँमा किनबेच भएका छन् ।

नेप्से घटेपनि राधी विद्युत र ङादी ग्रुपको सेयर मुल्य करिब १० प्रतिशतले बढेको छ ।

कारोबार रकमा आधारमा नेपाल रिइन्स्योरेन्स कम्पनीको सर्वाधिक ५४ करोडको सेयर किनबेच भयो ।

समहूगत उपसूचकतर्फ सबै ऋणात्मक रहे ।

GBIME

प्रतिक्रिया दिनुहोस्