Shikhar Insurance

नेकपा एकीकृतले पायो दल दर्ताको प्रमाणपत्र, चुनाव चिह्न कलम

सिंहदरबार संवाददाता
२०७८ असार ९, बुधबार १६:३६
NIMB
Nabil Bank

काठमाडौं । नेकपा एकीकृतले निर्वाचन आयोगबाट दल दर्ताको प्रमाणपत्र पाएको छ । युवा नेता जीवन राईको नेतृत्वमा नेकपा(एकीकृत) नामको पार्टी दर्ताका लागि निर्वाचन आयोगमा वैशाख ६ गते निवेदन दिएको थियो ।

पार्टीले आयोगबाट “कलम” चुनाव चिह्नका पाएको छ । पार्टीको उपाध्यक्षमा कल्पना गुरुङ, महासचिवमा विनोद खुलाल, सचिवमा ऐनविक्रम कुँवर र कोषाध्यक्षमा सुशील खनाल रहेका छन् ।

Citizen Life
Kumar Bank
Nepal Life

सबै युवाहरुलाई समेटेर गठन प्रक्रिया अघि बढाईएको पार्टीमा ३३ प्रतिशत महिला सहभागीता अनिवार्य गरिएको छ भने १० प्रतिशत युवा सहभागीता सुनिश्चित गरिएको छ । पार्टीको केन्द्रिय कमिटीमा २० प्रतिशत सहभागीता विज्ञहरुको रहनेछ ।

नेकपा एकीकृत दल दर्ता गर्ने नेताहरू नेकपा एमाले वरिष्ठ नेता माधव नेपाल पक्षका युवा नेता हुन् ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्