Shikhar Insurance

‘हिमालयन रि’ लाइसेन्स प्रकरण अख्तियारमाः आर्थिक चलखेलको आरोप, नयाँ प्रक्रिया थाल्न माग

सिंहदरबार संवाददाता
२०७८ असार ९, बुधबार १८:३२
NIMB
Nabil Bank

काठमाडौं । हिमालयन रिइन्स्योरेन्स कम्पनीलाई पुनर्बिमा व्यवसाय सञ्चालन गर्न लाइसेन्स दिने निर्णयविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ ।

‘हिमालयन रि’लाई पुनर्बीमा व्यवसाय चलाउने अनुमति दिँदा गोप्य रुपमा अध्ययन गरिएको, अध्ययन प्रतिवेदन गोप्य राखिएको, आवेदन समय छोटो तथा निषेधाज्ञाको समयमा राखिएको, मुल्यांकन प्रक्रिया तथा अंक सार्वजनिक नगरिएका कारण यसमा आर्थिक चलखेल समेत हुन सक्ने भन्दै अख्तियारमा उजुरी परेको हो ।

Citizen Life
Kumar Bank
Nepal Life

स्रोतका अनुसार निहित चाहना पुरा गर्न हिमालयन रिलाई लाइसेन्स दिइएको आरोप उजुरीमा छ । उजुरीमा हिमालयन रिइन्स्योरेन्स कम्पनीलाई नै लाईसेन्स दिने बिमा समिति सञ्चालक समितीको बदनियत प्रष्टै देखिएको उल्लेख गरिएको छ ।

उजुरी कसले दिएको हो भने खुलाइएको छैन । बिमा समितिका अध्यक्ष र सञ्चालकहरु समेत लाइसेन्स दिने प्रकृयामा प्रत्यक्ष संलग्न भएको भन्दै उनीहरुलाई विपक्षी बनाइएको छ । सिंहदरबारलाई प्राप्त जानकारी अनुसार उजुरीको दर्ता नम्बर ‘C035659/असार ८, २०७८’ छ ।

अख्तियारमा हालिएको उजुरीमा लाइसेन्स दिने प्रक्रियालाई खारेज गरी पुनः लाइसेन्स जारी गर्ने नयाँ प्रकृया अघि बढाउने व्यवस्था गर्न माग गरिएको छ । यस्तै हिमालयन रिलाई आफूखुसी अंक दिएर इजाजत दिने व्यक्तिमाथि आवश्यक छानविन गरी कारबाही गर्न उजुरीमा भनिएको छ ।

यसअघि हिमालयनले जेठ १६ गते नै पुनर्बीमा व्यवसाय चलाउने आशयपत्र पाएको थियो । त्यसयता बीमा समितिले हिमालयन रिका लगानीकर्तालाई ७ अर्ब पुँजीको जोहो गर्न पत्र काटिसकेको छ ।

समितिले हिमालयन रिका सम्पर्क व्यक्ति साहिल अग्रवालका नाममा असार ३ गते पत्र लेखेर ४५ दिनभित्र संस्थापकका तर्फबाट कबोल गरिएको ७ अर्ब रुपैयाँ बैंकमा जम्मा गरि समितिका नाममा ‘एयर मार्क’ गर्न भनेको छ ।

१० अर्ब पुँजीको हिमालयन रिले संस्थापकका तर्फबाट ७ अर्ब लगानी हुने योजना बनाएको छ ।

चार प्रतिष्पर्धी कम्पनीहरुलाई पछि पार्दै लाइसेन्स हात पारेको हिमालयनको अध्यक्षमा गोल्छा ग्रुपका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छालाई प्रस्ताव गरिएको छ । प्रमुख कार्यकारी अधिकृतका रुपमा भारतीय नागरिक मुकेश कपुरलाई अघि सारिएको छ ।

१०६ जना संस्थापक लगानीकर्ता रहेको हिमालयन रिमा राष्ट्रिय वाणिज्य बैंक र नेपाल बैंकले ५०र५० करोड रुपैयाँ लगानी गरेका छन् । त्यसबाहेक अध्यक्ष शेखर गोल्छा, महासंघकै निवर्तमान अध्यक्ष भवानी राणा, पूर्व अध्यक्ष पशुपति मुरारका, नेपाल उद्योग परिसंघका अध्यक्ष सतिश मोर, जगदम्बा ग्रुप, एमभी दुगड ग्रुप, दिपक भट्ट लगायतको लगानी रहेको बताइएको छ ।

समितिले गत वैशाख १६ गते सार्वजनिक सूचना प्रकाशित गरेर एउटा रि इन्स्योरेन्स कम्पनीका लागि आवेदन खुलाएको थियो । जसमा काठमाडौं रि, अन्नपूर्ण रि, जेन्युइन रि, प्रुडेन्सियल रि र हिमालयन रिले आवेदन दिएका थिए ।

पाँच कम्पनीको प्रतिष्पर्धामा अन्यलाई उछिन्दै हिमालयनले बाजी मारेकामा समितिले तोकेको मापदण्डहरुमा सबै भन्दा धेरै अंक ल्याएर हिमालयनले लाइसेन्स पाएको बताएको छ ।

रिइन्स्योरेन्सका लागि प्रतिस्पर्धामा रहेका ४ कम्पनीलाई उछिन्ने हिमालयनका बारे लाइसेन्स दिइनुअघि कसैले सुनेका थिएनन् । यो प्रक्रियामा प्रधानमन्त्री केपी शर्मा ओलीकै इच्छा अनुसार आवेदक बनाइएको बताइन्छ ।

हिमालयनले हाइड्रोपावर क्षेत्रका विचौलियाको आरोप खेपेका दीपक भट्टको बलका आधारमा लाइसेन्स पाएको आरोप छ । व्यवसायीको टिमले प्रधानमन्त्री केपी ओली र अर्थमन्त्री बिष्णु पौडेललाई सीधै कन्भिन्स गरेर लाइसेन्स लिएको बताइएको छ ।

बिमा समितिले २०७७ फागुन १५ गते नयाँ पुनर्बिमा कम्पनीको सम्भाव्यता अध्ययन गर्न भन्दै समितिका विज्ञ सल्लाहकार भोजराज शर्माको नेतृत्वमा बिमक संघका अध्यक्ष दिपप्रकाश पाण्डे र चाटर्ड एकाउन्टेन्ट सुरज कुमार आचार्य सम्मिलित अध्ययन समिती गठन गरेको थियो । सो समितिले दिएको सुझाव अनुसार बीमा समितिले लाइसेन्स प्रक्रिया अघि बढाएको थियो । २१ दिन भित्र योग्यता पुगेका कम्पनीहरुले शिलबन्दी आवेदन दिन समितिले प्रकाशन गरेको सुचनाअनुसार पाँचवटा कम्पनीले आवेदन दिएका थिए ।

GBIME

प्रतिक्रिया दिनुहोस्