Shikhar Insurance

बागलुङका स्थानीय तहले ल्याए बजेट, पुरानै कार्यक्रमलाई निरन्तरता

सिंहदरबार संवाददाता
२०७८ असार ११, शुक्रबार १६:११
NIMB
Nabil Bank

बागलुङ । यहाँका स्थानीय तहले आव २०७८/७९ को बजेट आज सार्वजनिक गरेका छन् । दश स्थानीय तहमध्ये बरेङ गाउँपालिकाले भने गत सोमबार नै बजेट ल्याएको थियो । सबैभन्दा ठूलो बजेट बागलुङ नगरपालिकाले प्रस्तुत गरेको छ । आज आयोजित नवौँ नगरसभामा उपप्रमुख सुरेन्द्र खड्काले रु एक अर्ब पाँच करोडको बजेट प्रस्तुत गरे ।

उक्त बजेटमध्ये स्वास्थ्यतर्फ रु सात करोड, कृषिमा रु एक करोड ५९ लाख, पर्यटनतर्फ रु एक करोड १० लाख र युवा स्वरोजगारका लागि रु ५२ लाख विनीयोजन गरिएको छ । यस्तै जैमिनी नगरपालिकाले रु ६४ करोड १३ लाख, ढोरपाटन नगरपालिकाले रु ४४ करोड ४५ लाख, बडिगाड गाउँपालिकाले रु ६२ करोड एक लाख र ताराखोला गाउँपालिकाले रु ३५ करोड ५१ लाखको बजेट सार्वजनिक गरेको हो ।

Citizen Life
Kumar Bank
Nepal Life

स्थानीय तहले अधिकांश पुरानै योजनालाई निरन्तरता दिएका छन् । कोभिड–१९ नियन्त्रणका लागि स्वास्थ्य प्रणाली सुधारमा प्राथमिकताका साथ बजेट विनीयोजन गरिएको छ । उत्पादन वृद्धि, स्वरोजागर प्रवद्र्धनलगायत क्षेत्रलाई पनि बजेटले समेटेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्