Shikhar Insurance

छुट्टै लघुबीमा कम्पनीको सम्भावना खोज्न अध्ययन समिति

सिंहदरबार संवाददाता
२०७८ असार ११, शुक्रबार २१:११
NIMB
Nabil Bank

काठमाडौं । बीमा समितिले छुट्टै लघु बीमा कम्पनी सञ्चालन गर्न सकिने वा नसकिने सम्बन्धमा अध्ययन गर्न समिति गठन गरेको छ । बीमा समितिका निर्देशक सुशिल देव सुवेदीको संयोजकत्वमा गठित समितिमा सगरमाथा इन्स्योरेन्सका सिईओ चंकी क्षेत्री र सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीका सिईओ पोषकराज पौडेल सदस्य रहेका छन् ।

समितिको सदस्य सचिवको जिम्मेवारीमा बीमा समितिकै उप निर्देशक पुनम ज्ञवाली(श्रेष्ठ) तोकिएकी छिन् । अध्ययन समितिलाई २० दिन भित्र प्रतिवेदन बुझाउन भनिएको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

समितिले नेपालमा लघु बीमाको अवस्था, समस्या, चुनौती र सम्भावाना, लघुबीमा प्रवद्र्धनका लागि गर्न सकिने कार्यहरु, बीमाको दायरा फराकिलो बनाउन लघुबीमाले पुर्याउने योगदान, लघुबीमा कम्पनीको आवश्यकता तथा स्थापना गर्न अपनाउनुपर्ने बिधि एंव प्रक्रिया लगायतका विषयमा अध्ययन गरेर प्रतिवेदन तयार गर्नुपर्नेछ ।

बीमा समितिका कार्यकारी निर्देशक राजु रमण पौडेलले अध्ययन समिति गठन गरिएको र त्यसलाई नयाँ लाइसेन्स वितरण सम्बन्धी प्रक्रियासँग जोडेर हेर्न नमिल्ने बताए । ‘यस्तो अध्ययन पहिले नै गर्ने भन्ने थियो, केहि ढिलो भयो, यो अध्ययनले लघुबीमाको प्रवद्र्धनमा सहयोग पुग्छ’, कार्यकारी निर्देशक पौडेलले सिंहदरबारसँग भने ।

GBIME

प्रतिक्रिया दिनुहोस्