Shikhar Insurance

आइतबारदेखि सरकारी कार्यालय खुल्दै, सबै पालिकाको बजेट सार्वजनिक

सिंहदरबार संवाददाता
२०७८ असार १२, शनिबार १३:३४
NIMB
Nabil Bank

मकवानपुर । मकवानपुर जिल्लामा आगामी आइतबारदेखि सबै सरकारी कार्यालयको सेवा प्रवाह नियमित हुने भएको छ । जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र मकवानपुरको निर्णय अनुसार स्वास्थ्य सुरक्षाका मापदण्डको पालना गरेर सेवा नियमित गर्न लागिएको जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रका संयोजक एवम् प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले जानकारी दिए ।

एक हजार बढी सङ्ख्यामा कोभिड–१९ का सक्रिय सङ्क्रमित रहिरहेकाले उच्च सतर्कता अपनाएर सेवा प्रवाह गर्ने गरी कार्यालय प्रमुखहरुलाई परिपत्र दिइएको प्रजिअ पाण्डेको भनाइ छ । जिल्ला प्रशासन कार्यालयलेसमेत बार अनुसार सेवा प्रवाह गर्न शुरु गरेको सन्दर्भमा सबै कार्यालयलाई सोहीअनुसार सतर्कता अपनाउने गरी कार्ययोजना बनाउन भनिएको उनले बताए । प्रदेशस्तरीय कार्यालयहरुलाई भने सेवाग्राहीलाई टेलिफोनमार्फत जानकारी लिएर मात्रै आउने व्यवस्था गर्न भनिएको छ । जिल्लाको मालपोत र नापी कार्यालयलाई विशेष सतर्कताका साथ सेवा प्रवाह गर्न भनिएको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

सबै पालिकाको बजेट सार्वजनिक
मकवानपुरको दश वटै पालीकाहरुले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि वार्षिक नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेका छन् । जसमध्ये मकवानपुर जिल्लामा सबैभन्दा बढी बजेट हेटौँडा उपमहानगरपालीकाले रु दुई अर्ब ६० करोड १५ लाख ५२ हजार रुपैयाँ र कम इन्द्रसरोबर गाउँपालिकाले रु ३८ करोड ४१ लाख बरावरको बजेट सार्वजनिक गरेको हो ।

यसैगरी थाहा नगरपालिकाले आगामी वर्षको लागि रु ९५ करोड ६४ लाख ३२ हजार रूपैयाँको बजेट सार्वजनिक गरेको छ । मकवानपुरको मनहरि गाउँपालिकाले आगामी आर्थिक वर्षको लागि रु ८३ करोड ६७ लाख ४६ हजार बराबरको बजेट सार्वजनिक गरेको हो । भीमफेदी गाउँपालिकालेरु ६५ करोड ४१ लख९९ हजारको बजेट ल्याएको छ ।

वाग्मती गाउँपालिकाले रु ५३ करोड ६६ लाख ९३ हजार बजेट सार्वजनिक गरेको छ । यसै बीच कैलाश गाउँपालिकाले रु ४५ करोड ९६ लाख, मकवानपुरगढी गाउँपालिकाले रु ६२ करोड राक्सिराङ गाउँपालिकाले रु ५४ करोड ७३ लाख २० हजारको बजेट ल्याएको छ । जिल्लाको पूर्वी क्षेत्रको बकैयाँ गाउँपालिकाले आगामी आर्थिक वर्षको लािग ६२ करोड ८३ लाख७८ हजारको बजेट ल्याएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्