Shikhar Insurance

चीनको रेल सगरमाथा हुँदै काठमाडौं आउने !

सिंहदरबार संवाददाता
२०७८ असार १२, शनिबार १७:१४
NIMB
Nabil Bank

एजेन्सी । चीनको रेल काठमाडौं आउने बाटो सगरमाथा हुँदै ल्याउनुको विकल्प नभएको पाइएको छ । यस परियोजनामा संलग्न एक वरिष्ठ इन्जिजियरका अनुसार बहुप्रतिक्षित चीन-नेपाल रेल सगरमाथा राष्ट्रिष निकुञ्जबाहेक अन्यत्रबाट ल्याइदा रेलमार्गको लम्बाइ दोब्बर वा तेब्बरसम्म हुने भएपछि यही रूटलाई उपयुक्त विकल्प मानिएको छ ।

यो ८.२७ अर्ब अमेरिकी डलर (करिब १० खर्ब रूपैयाँ) को परियोजनाले नेपालको अर्थतन्त्रलाई चीनसँग जोड्नेछ । तर, चिनियाँ कानुनले संरक्षित क्षेत्रमा निर्माण गतिविधि गर्न निषेध गरेको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

हालसम्म ६ वटा रूट प्रस्ताव गरिएको छ । जुन १ हजार किलोमिटर हिमालयन श्रृंखलाकोमा माझबाट हुनेछ । छोटो हुने भएकाले सगरमाथा राष्ट्रिय निकुञ्ज हुदै आउने रूटबारे बहस भइरहेको छ ।

गत बुधबार स्थानीय जर्नलमा प्रकाशित रेलवे स्ट्यान्डर्ड डिजाइनका अनुसार हिमश्रृंखलामा बनाइने ३० किमि लामो सुरूङबाट रेल नेपाल प्रवेश गर्नेछ ।

चीनको सांक्षी प्रान्तका वरिष्ठ इन्जिनियर लियाङ डोङ राष्ट्रिय निकुञ्ज हुँदै रेल ल्याइएपनि पूर्णरूपमा सुरूङमार्ग हुने बताएका छन् ।

रिकाजे(सिगात्से)-काठमाडौं रेलमार्ग ५ सय १३ किमि लामो हुनेछ । यो रेलमार्गलाई गिरोङ (केरूङ) हुँदै नेपाल प्रवेश गर्ने प्रारम्भिक योजना बनाइएको छ । र, सुरूङ हिमालयन श्रृंखलाको पहिलो हुनेछ ।

यो प्रस्ताव नेपाल-चीन सरकारमाझ अन्तिम सुझावका रूपमा प्रस्तुत हुनेछ । हिमालयन मुलुक राज्य प्राकृतिक स्रोतमा सम्पन्न भएपछि पर्याप्त कनेक्टिभिटी अभावका कारण जलविद्युत, कार्पेटदेखि चियासम्म निर्यातको अवसरबाट चुकिरहेको छ । चिनियाँ रेलमार्गले यो सबै अवसरको ढोका खुल्ने बताइएको छ ।

बेइजिङ र काठमाडौंले सन् २०१६ मै दुई देशबीच रेल चलाउने सम्झौता भएको थियो । सन् २०१९ मा नेपाल आधिकारिक रूपमै भारतीय न्यारो गजबाट चिनियाँ ब्रोड गज अबलम्बन गरेको थियो ।

GBIME

प्रतिक्रिया दिनुहोस्