Shikhar Insurance

एक्जिम कोड लिन अब भन्सार विभाग धाउनु नपर्ने, एकपल्ट कोड लिए ५ वर्ष ढुक्क (कार्यविधिसहित)

सिंहदरबार संवाददाता
२०७८ असार १३, आईतवार १९:२६
NIMB
Nabil Bank

काठमाडौं । अब देशभरका २४ भन्सार कार्यालयबाट एक्जिम कोड पाइने भएको छ । भन्सार विभागले निकासी वा पैठारी संकेत नम्बर (एक्जिम कोड) प्रदान गर्ने नयाँ कार्यविधि जारी गर्दै यस्तो सहजीकरण गरेको हो ।

यसैगरी एकपल्ट लिएको एक्जिम कोड ५ वर्ष नवीकरण गर्नु नपर्ने भएको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

यसअघि एक्जिम कोड भन्सार विभागबाट मात्र जारी हुँदै आएको थियो । नयाँ कार्यविधि आएपछि अब व्यवसायीहरुलाई विभाग धाइराख्नुपर्ने झन्झटबाट उन्मुक्ति मिलेको छ ।

एक्जिम कोड प्रदान गर्ने कार्यविधि २०७३ सालमै बनेको थियो । तर, त्यसले आयात तथा निर्यातकर्तालाई अनावश्यक झन्झट दिँदै आएको थियो ।

सामान आयात निर्यात गर्न २०७४ सालदेखि एक्जिम कोड अनिवार्य गरेको थियो । स–साना निर्यातकर्ता, सरकारी निकाय आदिले पनि आयात निर्यातका क्रममा छुट्टाछट्टै कोड लिनुपर्ने व्यवस्था थियो भने यसरी लिएको कोड वर्षेनी नवीकरण गर्नुपर्ने व्यवस्था थियो ।

पुरानो कार्यविधिलाई धेरै विषयमा परिष्कृत गरिएको छ ।

विभागका अनुसार विशेष संकेत नम्बरको व्यवस्था कार्यविधिले गरेको छ । कार्यविधि अनुसार ११ विशेष एक्जिम कोड रहेका छन् ।

आयोजना, उद्योग आदिले ल्याउने मिल मेसिनरीका लागि एक्जिम कोड आवश्यक नपर्ने गरी कार्यविधि तयार पारिएको छ । यस्तै, १० लाख रुपैयाँबराबरको निर्यात गर्ने व्यवसायीले पनि एक्जिम कोड लिनुपर्दैन ।

बजेटमा उद्योगहरुले एकैपल्ट ५ वर्षका लागि एक्जिम कोड लिन पाउने व्यवस्था गरेबमोजिम कार्यविधिले वर्षेनी नवीकरण गर्नुपर्ने झन्झट हटाइएको छ । यस्तै साना तथा मझौला उद्योगले ल्याउने कच्चा पदार्थका लागि पनि एक्जिम कोड चाहिँदैन ।

नयाँ कार्यविधिले उद्योगहरुको प्रवद्र्धन गर्ने विभागले जनाएको छ ।

यस्तो छ, कार्यविधिः

GBIME

प्रतिक्रिया दिनुहोस्