Shikhar Insurance

फोनपेको ‘रिफर एन्ड अर्न’ अफर योजना, एक लाख र आईफोन १२ जित्न सकिने

सिंहदरबार संवाददाता
२०७८ असार १४, सोमबार १८:०३
NIMB
Nabil Bank

काठमाडौं । फोन पे पेमेन्ट सर्भिसले ‘रिफर एन्ड अर्न’ अफर ल्याएको छ । जसमा ‘फोन पे अफर एप’ मा भएको ‘युनिक रिफरल कोड’ प्रयोग गरेर रिफर गर्दा २५ सय सम्मको रिवार्ड प्वाइन्ट जित्न सकिनेछ । साथै दैनिक सबैभन्दा बढी रिफर गर्नेले एकहजार रूपैयाँ प्राप्त गर्न सकिन्छ ।

यस योजनामा २०७८ असार ३१ गतेसम्म सबैभन्दा बढी रिफर गर्नेले १० हजार रुपैयाँ प्राप्त गर्न सकिन्छ । यस योजनाको बम्पर उपहारमा तीनजनाभन्दा बढीलाई रिफर गर्ने मध्येबाट गोला प्रथामार्फत १ लाख जित्न सक्नेछन् । अफर एपबाट रिफर गर्नका लागि ‘फोनपे अफर एप’ डाउनलोड गर्नुपर्नेछ । यो एप डाउनलोड गरि लगइन गर्नेहरू मध्ये एक जनाले आइफोन १२ जित्न सक्नेछन् ।

Citizen Life
Kumar Bank
Nepal Life

फोनपे अफर एपमार्फत च्यालेन्ज एसेप्ट गरि विभिन्न किसिमका भुक्तानी गर्दा दैनिक एक हजार र साप्ताहिक रूपमा २ हजार रूपैयाँ जित्न सकिन्छ । फोनपे अफर एपमा विभिन्न व्यवसाय तथा मर्चेन्टले दिएका अफर तथा छुटहरूबारे जानकारी पाउन सकिन्छ । फोनपे अफर एपमा भुक्तानी गर्दा पाएको रिवार्ड प्वाइन्टबाट विभिन्न सामान हरू पनि किन्न सकिन्छ ।

फोनपे पेमेन्ट सर्विस लिमिटेड नेपाल राष्ट्र बैंकबाट अनुमतिप्राप्त नेपालको एक अग्रणी र प्रतिष्ठित भुक्तानी प्रणाली सञ्चालक हो । फोनपे नेटवर्कमा ६० वटा बैक तथा वित्तीय संस्था आवद्ध छन् भने ३ लाख ५० हजार भन्दा बढी मर्चेन्ट छन् । एक करोड ३० लाखभन्दा धेरै मोबाईल बैंकिङ प्रयोगकर्ता तथा ४५ लाख बढी भुक्तानी सेवा प्रदायकका मोबाइल एप्समार्फत यसले सेवा प्रदान गर्दै आएको छ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्