Shikhar Insurance

सिंगटीका लगानीकर्तालाई खुसीको खबरः एकसातामै नेसनल ग्रिडमा जोडिने, अर्को वर्षदेखि लाभांश

सिंहदरबार संवाददाता
२०७८ असार १५, मंगलवार २०:१६
NIMB
Nabil Bank

काठमाडौं । सिंगटी जलविद्युत आयोजना एक साताभित्रै नेसनल ग्रिडमा जोडिने भएको छ । आयोजना निर्माण कम्पनी सिंगटी हाइड्रो इनर्जीले आफ्नै पहलमा प्रशारणलाइन निर्माण गरेर लामोसाँघुस्थित प्रशारणलाइनमा परियोजना जोडेको हो ।

डेढ वर्ष अघि नै निर्माण सम्पन्न भएको भएपनि प्राधिकरणले टेस्टिङका लागि ढिलाइ गर्दै आएको थियो । प्रशारणलाइन निर्माण सम्पन्न नहुँदा ४५ प्रतिशत फाइन तिर्नुपर्ने भएपछि प्राधिकरणले टेस्टिङमा चासो देखाएको थिएन ।

Citizen Life
Kumar Bank
Nepal Life

ढिलाइ हुँदै आएको काम ३ महिना अघि नेपाल विद्युत प्राधिकरणले भौतिक रुपमा उपस्थित भएर टेस्टिङको काम सम्पन्न गरेको थियो । अहिले आयोजना आफैंले प्रशारण लाइन बनाएर राष्ट्रि प्रशारण प्रणालीमा जोडिन तम्तयार भएर बसेको हो ।

“नेपाल विद्युत प्राधिकरणले ट्रान्स्मिसनलाइन समयमा नबनाएपछि हामी आफ्नै पहलमा प्रशारणलाइन निर्माण सकाउन लागेका छौं,” कम्पनीका कार्यकारी निर्देशक गणेश कार्कीले सिंहदरबारसँग भने, “सिंगटीदेखि लामोसाँघुसम्म तार टाँग्ने काम सकिएको छ । सबै प्राविधिक तथा भौतिक कन्डिसनले साथ दिए ७ दिनमा नेसनल ग्रिडमा जोड्न सक्षम हुने छौं ।”

कम्पनीले निषेधाज्ञाका बेलापनि जनशक्ति झिकाएर काम सक्ने चरण पुर्‍याएको हो ।

तार टाँग्ने काम सकिएपछि तारमा बिजुली प्रवाह भए नभएको जाँच हुन्छ र त्यसको १५ दिनपछि लगानीकर्ताले प्रतिफल पाउने हिसाब सुरु हुने कार्कीले बताए ।

“त्यसपछि नेपालको बिजुली नेपालीहरुले उपयोग गर्न सक्नुहुनेछ,” कार्की भने, “हाम्रो हिसाबमा रिक्वायर्ड कमर्सियल अपरेसन डेट (आरसीओडी) असारभित्र नै हुने विश्वास छ ।” कम्पनीले २५ मेगावाट विद्युत उत्पादन गर्न तयार स्थितिमा छ किनकी अहिले दैनिक पानी परेकाले खोलामा पर्याप्त पानी छ ।

काम जारी गरिरहन सके बढीमा १० दिन पनि नलाग्ने उनले बताए ।

सिंगटीले प्राधिकरणलाई वार्षिक ७२ करोड रुपैयाँको बिजुली बेच्नेछ । र, त्यो वार्षिक ३ प्रतिशतले बढ्दै जानेछ । यसहिसाबले पहिलो वर्ष अर्थात् आगामी ५ प्रतिशत लाभांश दिन सक्ने स्थिति हुने कार्कीले दाबी गरे ।

“त्यसपछि हामीले दिने लाभांश वर्षेनी बढ्दै जान्छ,” कार्कीको दाबी छ, “पानीको डिस्चार्ज साह्रै राम्रो छ । ट्रान्स्मिसन लाइन २ सय मिटरमात्र लामो छ । यसकारण ट्रान्स्मिसन लस छैन ।”

सिंगटी हाइड्रो इनर्जीका अहिले एउटामा मात्र आयोजना सञ्चालनमा छ भने कम्पनीले मनाङमा ७० मेगावाटको आयोजना निर्माण गर्ने पक्का भएको छ ।

कार्कीका अनुसार सिंगटी जलविद्युत क्षेत्रमा आफ्नो लगानी विस्ता गर्न सक्षम संस्था हो । “यति धेरै संस्थापक तथा सर्वसाधारणको एकमत के छ भने सरकार फ्लेक्जिबल भइदिए हामी अर्को परियोजना निर्माण गर्न सक्छौं,” कार्कीले सिंहदरबारसँगको अन्तर्वार्तामा भनेका छन्, “सरकारले अनुमति दिए हामी राइट सेयर जारी गरेर अर्को परियोजना निर्माण गर्छौं ।”

कम्पनीका सञ्चालकसँग यसअघि ३–४ वटा राम्रा परियोजना निर्माण गरिसकेको अनुभव छ ।

 

नोटः कार्कीसँग सिंहदरबारले लिएको अन्तर्वार्ता भोलि (बुधबार) सिंहदरबारमा प्रकाशित हुनेछ । 

GBIME

प्रतिक्रिया दिनुहोस्