Shikhar Insurance

हुलाक सेवा विभागको कार्गो र चिठीपत्र वायुसेवा निगमका जहाजले ओसार्ने, करोडौं रूपैयाँ विदेशिनबाट जोगिने

सिंहदरबार संवाददाता
२०७८ असार १५, मंगलवार १७:३३
NIMB
Nabil Bank

काठमाडौं । हुलाक सेवा विभागका चिठ्ठीपत्र तथा कार्गो अब नेपाल एयरलाइन्समार्फत ओसार-पसार हुने भएको छ । नृपाल एयरलाइन्स र हुलाक सेवा विभागले यस विषयमा सम्झौता गरेका हुन् ।

निगमका महाप्रवन्धक डिमप्रसाद पौडेल ‘प्रकाश’ र हुलाक सेवा विभागकी महानिर्देशक आभा श्रेष्ठ कर्णले हस्ताक्षर गरेसँगै अब अन्तर्राष्ट्रिय क्षेत्रमा सामान तथा चिठ्ठीपत्र ओसार प्रसार निगमका जहाजले गर्ने भएका छन् । यसअघि थाई एयरले यो कामको जिम्मा पाएको थियो ।

Citizen Life
Kumar Bank
Nepal Life

नयाँ सम्झौता सन् २०२१ जुलाई १ देखि लागू हुनेछ । हुलाक सेवा विभागले सेवा प्रदान गर्ने र नेपाल वायुसेवा निगमका उडान हुने सम्पूर्ण गन्तव्यमा अब निगमले मात्र सामान तथा चिठ्ठीपत्र ढुवानी गर्नेछ । नयाँ सम्झौताले विदेशी हवाई सेवा कम्पनीहरुलाई भुक्तानी भइरहेको करोडौं रुपैयाँ देश भित्रै रहने निगमका महाप्रबन्धक पौडेलले जानकारी दिएका छन् ।

कोरोनाका कारण थाई एयरले नेपालमा समेत उडान गर्न सकेको छैन ।

GBIME

प्रतिक्रिया दिनुहोस्