Shikhar Insurance

जीवन विकासको आईपीओले राख्यो रेकर्ड, इतिहासमै सबैभन्दा बढी २० लाख ५९ हजारले दिए आवेदन

सिंहदरबार संवाददाता
२०७८ असार १५, मंगलवार २०:३९
NIMB
Nabil Bank

काठमाडौं । जीवन विकास लघुवित्तको आईपीओले इतिहास कायम गरेको छ । आईपीओ इतिहासमै पहिलोपल्ट २० लाख ५९ हजार ३ सय ५८ जनाले सेयर माग गरेका हुन् ।

आवेदन दिने अन्तिम दिन मंगलबार साँझ ५ बजेसम्म साढे १० गुणा बढीले आवेदन दिएका हुन् । यद्यपी भौतिक आवेदन दिनेको संख्या यसमा सामेल हुन बाँकी छ ।
लघुवित्तको आईपीओमा २० लाख ५९ हजार ३ सय ५८ जनाले ३ अर्ब ९ करोड १० लाख ५३ हजार रूपैयाँ बराबरको ३ करोड ९ लाख १० हजार ५ सय ३० कित्ता माग गरेका छन् । माग गरेको सेयर संख्या कम्पनीले वितरण गर्ने भन्दा साढे १५ गुणा बढी हो ।

Citizen Life
Kumar Bank
Nepal Life

कम्पनीको सेयर १०–१० कित्ताका दरले १ लाख ९७ हजार ७ सय ३० जनाले पाउनेछन् ।

कम्पनीले प्रति कित्ता एक सय रुपैयाँ मूल्य अंकित १९ लाख ७७ हजार ३ सय कित्ता बराबरको १९ करोड ७७ लाख ३० हजार मूल्यको आईपीओ बिक्री खुला गरेको हो । नेपाल धितोपत्र बोर्डले कम्पनीलाई जेठ ३० गते आईपीओ निष्काशन गर्ने अनुमति दिएको थियो । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल हो ।

यो आईपीओलाई इक्रा नेपालले ‘इक्रा आइआर बीबीबी माइनस’ रेटिङ प्रदान गरेको छ । ४१ करोड ६ लाख ७० हजार रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीले पुँजीको ३२.५० प्रतिशत आईपिओ निष्काशन गरेको हो ।

आईपिओ निष्काशनपछि संस्थाको चुक्ता पुँजी ६० करोड ३७ लाख ४० हजार रुपैयाँ पुग्ने छ । संस्थाको जगेडा कोषमा १ अर्ब १८ करोड ३९ लाख रुपैयाँ रहेको छ ।

कुल निष्काशनमध्ये ३० हजार ४२० कित्ता कर्मचारीलाई र ९८ हजार ८६५ कित्ता सामूहिक लगानी कोषलाई छुट्याइएको हो ।

GBIME

प्रतिक्रिया दिनुहोस्