Shikhar Insurance

सिंगटी : एकसातामै नेसनल ग्रिडमा, अर्को वर्षदेखि प्रतिफल, अनुमति पाए चाँडै हकप्रद

गणेश कार्की
२०७८ असार १६, बुधबार ११:५१
NIMB
Nabil Bank

सिंगटी हाइड्रो इनर्जीका कार्यकारी निर्देशक हुन्, गणेश कार्की । स्वतन्त ऊर्जा उत्पादकहरूको संस्था (इप्पान)का उपाध्यक्षसमेत रहेका कार्कीको नेतृत्वमा सञ्चालित कम्पनीको सिंगटी जलविद्युत आयोजना दोलखामा निर्माणाधीन छ ।

सिंगटी अहिले सबै प्राविधाक काम सकेर विजुली बाल्न तम्तयार स्थितिमा छ । नेपाल विद्युत प्राधिकरणले प्रशारण लाइन निर्माणमा ढिलाइ गरेपछि अहिले कम्पनीले आफ्नै पहलमा लाइन बनाइरहेको छ । मौसमी तथा अन्य पक्षले साथ दिए एकसाताभित्रै सिंगटीबाट उत्पादित बिजुली राष्ट्रिय प्रणालीमा जोडिनेछ ।

Citizen Life
Kumar Bank
Nepal Life

 

यही विषयमा सिंहदरबारले कार्यकारी निर्देशक कार्कीसँग कुराकानी गरेको छ । प्रस्तुत छ कुराकानीको सारसंक्षेपः

– सिंगटी जलविद्युत आयोजना एक साताभित्रै नेसनल ग्रिडमा जोडिनेछ ।

– हाम्रै पहलमा प्रशारणलाइन निर्माण गरेर लामोसाँघुस्थित प्रशारणलाइनमा परियोजना जोडेका छौं ।

– सिंगटी जलविद्युत् आयोजना डेढ वर्ष अघि नै निर्माण सम्पन्न भएको थियो । तर, प्राधिकरणले टेस्टिङका लागि ढिलाइ गर्दै आएको थियो । ३ महिना अघि टेस्टिङको काम पनि सकिएको छ ।

– हामी आफ्नै पहलमा प्रशारण लाइन बनाएर राष्ट्रिय प्रणालीमा जोडिएका हौं ।

– अहिले सिंगटीदेखि लामोसाँघुसम्म तार टाँग्ने काम सकिएको छ । सबै प्राविधिक तथा भौतिक कन्डिसनले साथ दिए ७ दिनमा नेसनल ग्रिडमा जोड्न सक्षम हुने छौं ।

– निषेधाज्ञाका बेला ३ दिनसम्म लगाएर जनशक्ति ल्याएर काम सक्ने चरण पुर्‍याएका हौं ।

– तार टाँग्ने काम सकिएपछि तारमा बिजुली प्रवाह भए नभएको जाँच हुन्छ र त्यसको १५ दिनपछि लगानीकर्ताले प्रतिफल पाउने हिसाब सुरु हुन्छ ।

– हाम्रो हिसाबमा रिक्वायर्ड कमर्सियल अपरेसन डेट (आरसीओडी) असारभित्र नै हुने विश्वास छ ।

– २५ मेगावाट विद्युत उत्पादन गर्न तयार स्थितिमा छ किनकी अहिले दैनिक पानी परेकाले खोलामा पर्याप्त पानी छ ।

– सिंगटीले प्राधिकरणलाई वार्षिक ७२ करोड रुपैयाँको बिजुली बेच्नेछ । यसहिसाबले पहिलो वर्ष अर्थात् आगामी ५ प्रतिशत लाभांश दिन सक्ने स्थिति हुन्छ ।

– सिंगटी खोलामा पानीको डिस्चार्ज साह्रै राम्रो छ । ट्रान्स्मिसन लाइन २ सय मिटरमात्र लामो छ ।

– सिंगटी हाइड्रो इनर्जीका अहिले एउटामा मात्र आयोजना सञ्चालनमा छ भने कम्पनीले मनाङमा ७० मेगावाटको आयोजना निर्माण गर्ने पक्का भएको छ ।

– जलविद्युत क्षेत्रमा हामी लगानी विस्तार गर्न सक्षम छौं । धेरै संस्थापक तथा सर्वसाधारणको एकमत के छ भने सरकार फ्लेक्जिबल भइदिए हामी अर्को परियोजना निर्माण गर्न सक्छौं ।

– सरकारले अनुमति दिए हामी राइट सेयर जारी गरेर अर्को परियोजना निर्माण गर्छौं ।

– नेपालमा जलविद्युत निर्माणमा धेरै समस्या छन् । ब्याजदरदेखि स्थानीय अवरोधसम्मले जलविद्युको लागत निकै बढ्ने गर्छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्