Shikhar Insurance

कोभिडबारे विश्वभरका गभर्नरको साझा मञ्च भन्छः आयस्तर र स्रोतको पहुँचमाथि असमानता बढ्यो

सिंहदरबार संवाददाता
२०७८ असार १६, बुधबार १९:३१
NIMB
Nabil Bank

काठमाडौं । बैंक फर इन्टरनेसनल सेटलमेन्ट्स (बीआईएस) ले कोभिडको कारण आयस्तर र स्रोतको पहुँचमाथि तीव्र रूपमा असमानता बढेको जनाएको छ । बीआईएसले सार्वजनिक गरेको ९१औं वार्षिक प्रतिवेदनमा कोभिड महामारीका कारण आयस्तर र स्रोतको पहुँचमाथि तीव्र रूपमा असमानता बढेको उल्लेख गर्दै मौद्रिक तथा वित्तीय नीतिमार्फत त्यसलाई न्यूनीकरण गरी समष्टिगत आर्थिक स्थायित्वतर्फत उन्मुख हुनुपर्ने आवश्यकता औँल्याएको हो ।

बैठकमा बीआईएसका महाप्रबन्धक अगस्टिन कार्सटेन्सले कोभिड–१९ का कारण शिथिल बनेको अर्थतन्त्रको दीर्घकालीन स्थिरताको निम्ति नीतिगत आधारशीला तयार गरिनुपर्ने आवश्यकता औँल्याए । त्यसका लागि संरचनागत सुधार, नवप्रवर्तनात्मक प्रविधिको विकास र विश्वव्यापी नीतिगत सहकार्य एवम् समन्वय हुनुपर्ने आवश्यकता रहेको उनको जोड थियो ।

Citizen Life
Kumar Bank
Nepal Life

बैठकमा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको पनि सहभागिता रहेको थियो । बैठकमा बैंक अफ इङ्गल्यान्ड तथा बैंक अफ क्यानडाका पूर्व गभर्नर मार्क क्यार्नीले ‘द आर्ट अफ सेन्ट्रल बैंकिङ इन अ सेन्ट्रिफ्युगल वर्ल्ड’ विषयमा आफ्नो बिचार राखेका थिए ।

त्यसक्रममा उनले केन्द्रिय बैंकको विगत र वर्तमानको तुलनात्मक भूमिका, बदलिँदो विश्व वित्तीय प्रणालीमा देखिएका नवीनम चुनौतीलाई सम्बोधन गर्दै मौद्रिक तथा वित्तीय स्थायित्वका निम्ति केन्द्रीय बैंकले अवलम्बन गर्नुपर्ने रणनीतिक व्यवस्थाबारे लगायतका विषयमा टिप्पणी गरेका थिए ।

उनले प्रविधिमा आएको परिवर्तनसँगै डिजिटल मुद्राको प्रयोग बढ्दै गएको सन्दर्भमा सेन्ट्रल बैंक डिजिटल करेन्सीको अवधारणाका विषयमा उनले प्रतुती दिएका थिए ।

छलफका क्रममा सबल वित्तीय प्रणालीका निम्ति ‘बीआईएस’ बाट भएका नवीनतम र नवप्रवर्तनात्मक प्रयासबारे प्रस्तुति दिइएको थियो । उक्त प्रस्तुतिमाथि बैठकका सहभागीहरूबीच छलफल भएको राष्ट्र बैंकले जनाएको छ । उक्त बैठकमा बैंक सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक डा. गुणाकर भट्टसमेत सहभागी भएका थिए ।

‘बीआईएस’ एक अन्तर्राष्ट्रिय वित्तीय संस्था हो । जसले विश्वभरका केन्द्रीय बैंकबीचको समन्वय र नीतिगत प्रयासबाट मौद्रिक तथा वित्तीय स्थायित्व प्रवद्र्धनको निम्ति आवश्यक भूमिका निर्वाह गर्दछ । सन् १९३० मा स्थापना भएको ‘बीआईएस’ मा हाल ६३ वटा केन्द्रीय बैंकहरू सदस्य छन् । यसको मुख्यालय स्विट्जरल्याण्डको बाजलमा रहेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्