Shikhar Insurance

ब्रोकरमाथि कडाई गर्दै धितोपत्र बोर्ड, कमिसन घटाउनेबारे पनि छलफल

सिंहदरबार संवाददाता
२०७८ असार १६, बुधबार २०:४४
NIMB
Nabil Bank

काठमाडौं । नेपाल धितोपत्र बोर्डले ब्रोकरहरुमाथि कडाई गर्ने भएको छ । सेयर बजारको उतार चढावमा सहभागी भएको, लगानीकर्तालाई गुणस्तरिय सेवा नदिएको, समयमै भुक्तानी नगरेको लगायतका गुनासा आउन थालेपछि बोर्डले कडाई गर्न लागेको हो ।

हाल सेयर कारोबारको राफसाफ टी प्लस टुमा हुने गरेको छ । तर ब्रोकरहरुले हप्तौसम्म लगानीकर्तालाई भुक्तानी नदिएर हैरान बनाएको गुनासोको ठूलो चाङ बोर्डमा छ । त्यसो त ब्रोकरहरुले २५ प्रतिशत रकम समेत जम्मा नगरि निश्चित लगानीकर्ताहरुलाई सेयर खरिद बिक्रिमा समावेश गरिरहेको सम्बन्धी गुनासो पनि बोर्डमा पुगेको छ । ‘ब्रोकरका सेवाको गुणस्तर, भुक्तानी र चलखेलका बारेमा गुनासा आईरहेका छन्, अब कडाई गरिन्छ’, धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगानाले भने ।

Citizen Life
Kumar Bank
Nepal Life

उनले केहि ब्रोकरले सेयर बिक्रेताको खातामा लामो समयसम्म भुक्तानी नदिएको गुनासो आएको बताए । बोर्डले अब स्थलगत टिम नै पठाएर छड्के जाँच गर्ने योजना पनि बनाएको छ । बोर्डले प्रदेशस्तरिय ब्रोकर लाइसेन्स दिने योजना पनि अघि सार्न लागेको छ । प्रत्येक प्रदेशमा पाँच देखि सात वटाको संख्यामा ब्रोकरलाई लाइसेन्स दिने तयारी अघि बढाएको हो ।

अर्थमन्त्रालयको इच्छा अनुसार बैंकका सहायक कम्पनी बाहेकलाई सार्वजनिक आव्हान गरेरै ब्रोकर लाइसेन्स दिइनेछ । बोर्डले ब्रोकर कमिसन घटाउनेबारे पनि प्रारम्भिक छलफल थालेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्