Shikhar Insurance

पूर्वी चितवनमा पहिराले दुईको मृत्यु , तीन बेपत्ता

सिंहदरबार संवाददाता
२०७८ असार १७, बिहीबार १७:०५
NIMB
Nabil Bank

चितवन । पूर्वी चितवनको राप्ती र कालिका नगरपालिकामा पहिरोले बगाएर दुई जनाको मृत्यु र तीन जना बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार राप्ती– १२ को पर्खाल भन्ने स्थानमा माथिबाट पहिरो खस्दा दुई घर बगाउँदा घर भित्र रहेका चार जनालाई पहिरोले बगाएको थियो ।

ती मध्ये एक जना पुरुषको शव घटना स्थलबाट ५० मीटर तल फेला परेको प्रहरी नायव उपरीक्षक सूर्यबहादुर थापाले जानकारी दिए । मृतकको सनाखत हुन सकेको छैन ।

Citizen Life
Kumar Bank
Nepal Life

हराएकाको खोजी भइरहेको प्रहरीले जनाएको छ । यसैगरी कालिका नगरपालिका– ११ दानेटारका ५२ वर्षीय ज्ञानबहादुर चेपाङको पहिरोले बगाएर मृत्यु भएको छ । आफन्तकहाँ जाने क्रममा उनलाई पहिरोले बगाएको जनाइएको छ । रासस

GBIME

प्रतिक्रिया दिनुहोस्