Shikhar Insurance

विपन्न परिवारलाई राहत

सिंहदरबार संवाददाता
२०७८ असार १७, बिहीबार १८:०४
NIMB
Nabil Bank

काठमाडौँ । निषेधाज्ञाका कारण रोजगार गुमाएका विपन्न वर्गलाई लायन्स क्लब इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ ए १ ले राहत वितरण गरेको छ ।

काठमाडौँ महानगरपालिका वडा नं. ८ जयवागेश्वरी क्षेत्रमा बसोवास गर्ने ३० विपन्न परिवारलाई चामल एक÷एक बोरा, दाल, नुन, तेललगायत अत्यावश्यक सामग्री वितरण गरिएको क्लबका ‘जोन चेयरपर्सन’ तिलककुमार श्रेष्ठले जानकारी दिए ।

Citizen Life
Kumar Bank
Nepal Life

वडा कार्यालयको सिफारिसमा त्यस क्षेत्रमा बसोवास गर्ने विपन्न वर्गलाई राहत दिइएको हो । राहत सामग्री नेपाल हेल्प संस्थाको सहयोगमा प्राप्त भएको उनले बताए ।

लायन्स क्लबको नयाँ आर्थिक वर्ष शुरु भएका अवसरमा प्रत्येक वर्ष जुलाई १ देखि ७ तारिखसम्म गरिने साप्ताहिक कार्यक्रम अन्तर्गत विपन्न वर्गलाई राहत वितरण गरिएको हो ।

यसै अवसरमा आज बिहान गोकर्णेश्वर नगरपालिका वडा नं. ४ स्थित यज्ञडोल (जगडोल) सामुदायिक वन क्षेत्रमा वृक्षरोपण समेत गरिएको छ ।कार्यक्रममा तेजपत्ता, कपूर, धूपी, अमलालगायत जातका १०० बिरुवा रोपिएको थियो ।

यसै अवसरमा शुक्रबार चोभारमा पनि वृक्षरोपणको कार्यक्रम राखिएको अध्यक्ष श्रेष्ठले जानकारी दिए । यस अवसरमा असार २३ गते बौद्धमा रक्तदान कार्यक्रमसमेत आयोजना गरिएको छ । रासस

GBIME

प्रतिक्रिया दिनुहोस्