Shikhar Insurance

मनकामना स्मार्टको आईपीओमा पहिलो दिनमै ५ लाख ८९ हजार आवेदन

सिंहदरबार संवाददाता
२०७८ असार १७, बिहीबार १९:२४
NIMB
Nabil Bank

काठमाडौं । मनकामना स्मार्ट लघुवित्तको आईपीओमा पहिलो दिननै ५ लाख ८९ हजार ८ सय १२ आवेदन परेको छ । बिहिबारदेखि आवेदन खुलेको स्मार्टको आईपीओमा ७९ लाख ७२ हजार ८ सय २० कित्ताका लागि ७९ करोड ७२ लाख ८२ हजार रुपैयाँ बराबरको आवेदन परेको हो ।

कम्पनीले ३ करोड ८९ लाख बराबरको ३ लाख ८९ हजार कित्ता आईपीओ बिक्री खुला गरेको छ । आईपीओमा असार २१ गतेसम्म आवेदन दिन पाइन्छ । ३ लाख ८९ हजारमध्ये ६ हजार ५८ कित्ता कम्पनीका कर्मचारीका लागि, १९ हजार ४ सय ५० कित्ता सामुहिक लगानी कोषको लागि सुरक्षित गरी बाँकी ३ लाख ६३ हजार ४ सय ९२ कित्ता सर्वसाधारले आवेदन दिन पाउनेछन् ।

Citizen Life
Kumar Bank
Nepal Life

आईपीओ खरीदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सकिन्छ । कम्पनीको आईपीओ १०(१० कित्ताका दरले ३६ हजार ३ सय ४७ जनाले पाउनेछन् भने २ जनाले ११११ कित्ता पाउनेछन् । कम्पनीको आईपीओलाई इक्रा नेपालले इक्रा एनपी आईआर डबल बि माइनस रेटिङ प्रदान गरेको छ । यसले समयमै वित्तीय दायित्व पूरा गर्न सक्ने सम्बन्धमा मध्यम जोखिमको संकेत गर्छ ।

आईपीओ विक्रीका लागि कम्पनीले असार ६ गते नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो । आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल हो । चुक्तापूँजी ८ करोड २२ लाख ५० हजार रूपैयाँ छ । आईपीओ बिक्री पश्चात कम्पनीको चुक्तापूँजी १२ करोड ११ लाख ५० हजार कायम हुनेछ ।

गत आर्थिक वर्ष कम्पनीको प्रतिसेयर आम्दानी ६ दशमलव ८५ र प्रतिशेयर नेटवर्थ ११० दशमलव ८४ छ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्