Shikhar Insurance

चिनियाँ कम्युनिष्ट पार्टीले मनायो सय वर्ष, संसारलाई नेतृत्व गर्ने प्रण

सिंहदरबार संवाददाता
२०७८ असार १७, बिहीबार २०:०६
NIMB
Nabil Bank

काठमाडौं । चिनियाँ कम्युनिष्ट पार्टी(सीसीपी)ले स्थापनाको एक सय वर्ष पुरा गरेको छ । जुलाई १ तारिखका दिन पार्टीको एक सय औं स्थापना दिवसका दिन चिन भर बिभिन्न कार्यक्रमहरुको आयोजना गरियो ।

चिनियाँ राष्ट्रपछि सि जिनपिङले आगामी सन २०४९ भित्र चिनलाई विश्वको पहिलो शक्ति राष्ट्रका रुपमा स्थापित गर्ने प्रण पुनः दोहोर्याएका छन् ।
आफ्ना नागरिकहरुको ध्यान खिच्न र संसारलाई आफु तर्फ आकर्षित गर्न चिनियाँ कम्युनिष्ट पार्टीले भरपुर प्रयास गरिरहेको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

चिनले कम्युनिष्ट पार्टीको नेतृत्वमा अभुतपूर्व विकास र समृद्धिको यात्रा तय गर्दै आईरहेको छ । राष्ट्रपति सि जिनपिङ नेतृत्वमा आएपछि चिनले बेल्ड एण्ड रोड इनिसियटिभ(बिआरआई) योजनालाई विश्वव्यापी बनाईरहेको छ । चिनले कोरोना भाइरसविरुद्धको संघर्षमा पनि संसारलाई चकित पार्ने गरि विजय हासिल गरेको थियो । अहिले कोरोना खोप कुटनीति मार्फत चिन आफ्नो प्रभाव विस्तारमा लागि परेको छ ।

एक चिन नीतिलाई थप प्रभावकारी बनाउन ताईवान मामलामा पनि चिनले नयाँ रणनीति बनाउँदै लगेको छ । हङकङमा आफ्नो प्रभाव विस्तार गरिरहेको चिनले दक्षिण चिन सागरमा पनि उपस्थिति बलियो बनाउँदै लगेको छ । कम्युनिष्ट पार्टीको नेतृत्वमा चीनले संसारको सर्वशक्तिमान राष्ट्र बन्ने योजना अघि सारेको देखिन्छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्