Shikhar Insurance

क्लब हाउसको बहसबारे राष्ट्र बैंक र धितोपत्र बोर्डको चासो

सिंहदरबार संवाददाता
२०७८ असार १८, शुक्रबार ११:३०
NIMB
Nabil Bank

काठमाडौं । सामाजिक सञ्जाल क्लब हाउसमा सञ्चालन भैरहेका बहसबारे नेपाल राष्ट्र बैंक र धितोपत्र बोर्डले चासो देखाउन थालेका छन् । बैंकका प्रमुख कार्यकारी अधिृकत लगायतका उच्च पदस्थहरुले क्लब हाउसमा मौद्रिक नीति, पुँजी वृद्धि, सेयर बजारको उचार चढाव, बैंकको सेयर मूल्य लगायतका विषयमा जथभावी बोल्न थालेपछि राष्ट्र बैंकले चासो देखाएको हो ।

राष्ट्र बैंककै केहि निर्देशक समेत क्लब हाउसको पुँजी बजार सम्बन्धी छलफलमा धारणा राखिरहेका छन् । ‘क्लब हाउसमा बैंकका जिम्मेवार व्यक्तिहरुले जथभावी धारणा राखिरहेको सूचना पाएका छौं, प्रमाण चाँही खोजेका छैनौं, क्लब हाउसमा भैरहेका छलफलबारे हाम्रो चासो छ’, नेपाल राष्ट्र बैंक स्रोतले सिंहदरबारसँग भन्यो ।

Citizen Life
Kumar Bank
Nepal Life

बैंकका सीईओसहित उच्च पदाधिकारीहरुलाई क्लब हाउसको छलफलमा सहभागी भएर सेयर बजारलाई प्रभावित पार्ने, मौद्रिक नीतिमा आउन सक्ने विषय, पुँजी वृद्धि, हकप्रद सेयर लगायतका विषयमा धारणा राख्न नहुने राष्ट्र बैंकको बुझाइ छ ।

उता, नेपाल धितोपत्र बोर्डले समेत क्लब हाउस छलफलबारे चासो देखाएको छ । बोर्डले आधिकारीक प्रतिक्रिया नदिए पनि मर्चेन्ट बैंकर, ब्रोकर, सूचिकृत कम्पनीका नेतृत्वतहका व्यक्तिहरु बसेर पुँजी बजार बढ्ने, घट्ने लगायतका विषयमा छलफल गरेकोबारे चासो देखाएको बुझिएको छ ।

‘जसलाई जे नगर्न भनिएको हो, उनीहरु नै क्लब हाउसमा बसेर त्यहि गन्थन गरिरहेको गुनासो आईरहेको छ, हामीलाई त्यसबारे चासो भने पक्कै छ’, धितोपत्र बोर्ड श्रोतले भन्यो ।

– सम्पादन गरिएको

GBIME

प्रतिक्रिया दिनुहोस्