Shikhar Insurance

मनकामना स्मार्टको आईपीओः २ दिनमै १२ लाख ३१ हजारको आवेदन, ४५ गुणा बढी सेयर माग

सिंहदरबार संवाददाता
२०७८ असार १८, शुक्रबार १७:३८
NIMB
Nabil Bank

काठमाडौं । मनकामना स्मार्ट लघुवित्तको आईपीओमा आवेदन खुलेको २ दिनकै बाँडफाँड हुनेभन्दा ४५ गुणा बढी सेयर माग भएको छ ।

लघुवित्तको आईपीओमा शुक्रबार साँझ ५ बजेसम्म १२ लाख ३१ हजार २ सय ११ जनाले आवेदन दिएका हुन् । बिहिबारदेखि आवेदन खुलेको आईपीओमा १ अर्ब ६३ अर्ब ८९ करोड ८४ हजार रुपैयाँ बराबरको १ करोड ६३ लाख ८९ हजार ८ सय ४० कित्ता माग भएको हो ।

Citizen Life
Kumar Bank
Nepal Life

माग भएको सेयर संख्या कम्पनीले बाँडफाँड गर्नेभन्दा ४५ गुणा बढी हो ।

कम्पनीको ३ करोड ८९ लाख बराबरको ३ लाख ८९ हजार कित्ता आईपीओ बिक्री खुला भएको हो । आईपीओमा असार २१ गतेसम्म आवेदन दिन पाइन्छ ।

३ लाख ८९ हजारमध्ये ६ हजार ५८ कित्ता कम्पनीका कर्मचारीका लागि, १९ हजार ४ सय ५० कित्ता सामुहिक लगानी कोषको लागि सुरक्षित गरी बाँकी ३ लाख ६३ हजार ४ सय ९२ कित्ता सर्वसाधारले आवेदन दिन पाउनेछन् ।

आईपीओ खरीदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सकिन्छ ।

कम्पनीको आईपीओ १०-१० कित्ताका दरले ३६ हजार ३ सय ४७ जनाले पाउनेछन् भने २ जनाले ११-११ कित्ता पाउनेछन् ।

आवेदक संख्या सेयर पाउनेको भन्दा ३४ गुणा बढी हो ।

कम्पनीको आईपीओलाई इक्रा नेपालले इक्रा एनपी आईआर डबल बि माइनस रेटिङ प्रदान गरेको छ । यसले समयमै वित्तीय दायित्व पूरा गर्न सक्ने सम्बन्धमा मध्यम जोखिमको संकेत गर्छ ।

आईपीओ विक्रीका लागि कम्पनीले असार ६ गते नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो । आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल हो ।

चुक्तापूँजी ८ करोड २२ लाख ५० हजार रूपैयाँ छ । आईपीओ बिक्री पश्चात कम्पनीको चुक्तापूँजी १२ करोड ११ लाख ५० हजार कायम हुनेछ ।

गत आर्थिक वर्ष कम्पनीको प्रतिसेयर आम्दानी ६ दशमलव ८५ र प्रतिशेयर नेटवर्थ ११० दशमलव ८४ छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्