Shikhar Insurance

नेपालले थप १३ वर्ष ‘वौद्धिक सम्पत्ति सुरक्षणसम्बन्धि अन्तर्राष्ट्रिय सम्झौता’ पालना गर्नु नपर्ने

सिंहदरबार संवाददाता
२०७८ असार १९, शनिबार १३:१७
NIMB
Nabil Bank

काठमाडौं । विश्व व्यापार संगठनले अतिकम विकसित मुलुकलाई ट्रिप्स सम्झौतामा आवद्ध हुने समय १३ वर्ष थप गरेको छ । यसअघिको समयसीमा ३ दिन अघि सकिएकामा संगठनका सदस्य राष्ट्रहरु अतिकम विकसित मुलुकलाई ट्रिप्समा आवद्ध हुने १३ वर्ष समय थप्न सहमत भएका हुन् ।

अब नेपाललगायत अतिकम विकसित मुलुकले सन् २०३४ जुलाइ १ भित्र संगठनको वौद्धिक सम्पत्ति संरक्षणसम्बन्धि सम्भौता पालना गर्नुपर्ने भएको छ । टिप्स भनेको वौद्धि सम्पत्ति संरक्षणबारे विश्व व्यापार संगठनको सम्झौता हो । यसको पूर्णरुप व्यापारसँग सम्बन्धित वौद्धिक सम्पत्ति अधिकार हो ।

Citizen Life
Kumar Bank
Nepal Life

ट्रिप्स सम्झौता कार्यान्वयनमा आएदेखि अतिकम विकसित मुलुकहरुलाई सम्झौताका विषय कार्यान्वयनमा छुट दिइँदै आएको थियो । सम्झौताको दफा ६६.१ अनुसार यसअघि सन् २००५ र २०१३ मा आवद्ध हुने समय बढाइएको थियो ।

अतिकम विकसित मुलुकलाई उनीहरुको आर्थिक, वित्तीय तथा प्रशासनिक अक्षमताका आधारमा छुट दिइँदै आएको छ ।

विश्व व्यापार संगठन सदस्य राष्ट्रहरुमा अतिकम विकसित मुलुकले विकासशील राष्ट्रको दाँजोमा ग्र्याजुयट भएपछि पनि छुट पाउने विषयमा एकमत थिएन । सदस्य अतिकम विकसित राष्ट्रहरुले अतिमकबाट ग्र्याजुयट भएपछि पनि सो सुविधा पाउनुपर्ने माग राख्दै आएका थिए ।

अब यी देशहरुले ग्र्याजुयट भएको १२ वर्षसम्म टिप्स सम्झौता पालना गर्नु पर्ने छुट पाएका छन् । केही राष्ट्रले यसबारे असहमति जनाइरहेका छन् ।

अब अतिमक विकसित मुलुकलाई ट्रिप्स सम्झौताको दफा ३, ४ र ५ बाहेक अन्य दफा पालना नगर्ने छुट छ ।

नेपाल पनि अतिकम विकसित मुलुकमध्ये पर्छ । अर्थात् १३ वर्षसम्म नेपाललाई वौद्धिक सम्पत्ति सुरक्षणबारे अन्तर्राष्ट्रिय सम्झौता पालना नगर्ने छुट छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्