Shikhar Insurance

९ प्रतिशत ब्याज दिने ज्योति विकास बैंकको ऋणपत्रमा आजदेखि

सिंहदरबार संवाददाता
२०७८ असार २०, आईतवार १०:०९
NIMB
Nabil Bank

काठमाडौं । ज्योति विकास बैंक लिमिटेडको ऋणपत्रमा आजदेखि आवेदन खुलेको छ । बैंकले बार्षिक ९ प्रतिशत ब्याज दिने गरि एक अर्ब ५० करोडको १० वर्षे ऋणपत्र निष्काशन गरेको हो । प्रति कित्ता एक सय रुपैयाँ पर्ने ‘ज्योति विकास बैंक बण्ड २०८७’ नामको ऋणपत्रमा न्युनतम २५ कित्ता र अधिकतम ३० हजार कित्तासम्म आवेदन दिन सकिन्छ ।

कुल निष्काशनमध्ये ६० करोड रुपैयाँ बराबरको ६ लाख कित्ता सर्वसाधारणलाई बाँडफाँट गरिनेछ भने बाँकी ९० करोड रुपैयाँ बराबरको ९ लाख कित्ता व्यक्तिगत तवरबाट बाँडफाँट गरिनेछ । ऋणपत्र खरिदका लागि छिटोमा असार २३ गते र ढिलोमा साउन ३ गतेसम्म आवेदन दिन सकिनेछ ।

Citizen Life
Kumar Bank
Nepal Life

इक्रा नेपालले बैंकलाई ‘इक्रा एनपीआईआर डबल बी प्लस’ रेटिङ्ग दिएको छ । ऋणपत्रको निष्काशन भने एनआईबिएल एस क्यापिटल लिमिटेडले गरिरहेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्