Shikhar Insurance

मेलम्चीको पाइप मर्मत गर्दा काठमाडौँका सडकमा खाल्डैखाल्डा

सिंहदरबार संवाददाता
२०७८ असार २०, आईतवार १९:३०
NIMB
Nabil Bank

काठमाडौं । केही दिन पहिले कौशलटारका शिव न्यौपाने मध्यबानेश्वर नजिकै मोटरसाइकल दुर्घटनामा परे । ठूलो वर्षाको समयमा उनी सडकमा खनिएको खाल्डो नदेख्दा दुर्घटनामा परेका हुन् । सानो दुर्घटना भएकाले उनले आफैँ उठेर किन सडक खनिएको हो भनी स्थानीयवासीसँग बुझे ।

मेलम्चीको पानी आएपछि चुहावट भएकाले त्यसको मर्मतका लागि खनिएको नजिकै पसल भएका व्यक्तिले बताएका थिए । आफू कम गतिमा भएकाले दुर्घटना सानो भएको उनले बताए । उनले भने, “बढी गतिमा भए ठूलै दुर्घटना हुनसक्थ्यो ।”

Citizen Life
Kumar Bank
Nepal Life

केही महीनायता काठमाडौँ उपत्यकामा मेलम्चीको पाइप मर्मतका लागि खनिएका खाल्डाका कारण दैनिक यात्रु र चालकले कठिनाइ भोगिरहेका छन् । कतिपय स्थानमा तत्काल खाल्डो पुरिए पनि कतिपय स्थानमा केही दिनसम्म नपुरिएको पाइन्छ । खाडल पुरिएको स्थानमा पनि त्यहाँ भएका ढुङ्गा र गिटीका कारण हिँड्न गाह्रो भएका चालक र यात्रु बताउँछन् ।

मेलम्ची खानेपानी आयोजनाको पानी आएसँगै काठमाडौँ उपत्यकाका खानेपानी पाइपमा देखिएको चुहावट मर्मत गर्न थालिएकामा अहिलेसम्म झण्डै तीन हजार स्थानमा खाल्डा बनाइएको डिभिजन सडक कार्यालय काठमाडौँले जनाएको छ । मुख्य र सहायक सडकमा निषेधाज्ञाको समयमा पाइप मर्मतका काम भएको थियो । अहिले वर्षा शुरु भएपछि पनि सडकमा पाइप मर्मत काम नराकिएको देख्न सकिन्छ ।

सडकमा वर्षाको समयमा मर्मत गर्न नसकिने भन्दै अहिले तत्काल खन्न रोक्न डिभिजन सडक कार्यालयले काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) लाई भनिसकेको डिभिजन प्रमुख कुबेर नेपालीले बताए । उनका अनुसार तर अझै पनि सडक खन्न कम भएको छैन । उनले भने, “केयुकेएल आफैँले खनेको हो कि उनहरुको नाममा अरुले सडक खनेको छ भन्ने बुझ्न सकिएको छैन ।”

सडक खन्ने काममा लिमिटेडले पनि डिभिजनसँग आवश्यक समन्वय नगरेको प्रमुख नेपालीले बताए । उनका अनुसार कतिपय स्थानमा हेर्दा आवश्यकताभन्दा बढी र चाहिनेभन्दा ठूलो खाल्डा खनिएको पाइएको छ । डिभिजनले वर्षा भइरहेकाले तत्काल कालोपत्र सडकमा मर्मत गर्न नसक्ने हुँदा हाललाई नखन्न अनुरोध गरिएको उनको भनाइ छ । उनका अनुसार सडक तुरुन्त मर्मत गर्न मौसमको चुनौती रहेको छ । वर्षाको समयमा कालोपत्र गर्न सकिँदैन । थप सडकमा खन्न रोक लगाएर अहिलेसम्म भएका खाडल सकेसम्म चाँडो पुरिसक्ने डिभिजनको तयारी छ । उनले भने, “एक साता घाम लाग्दा अहिले खाल्डा देखिएको ठाउँमा काम गर्न सकिनेछ ।”

काठमाडौँ उपत्यकामा मेलम्चीको पानी आएसँगै खानेपानी मन्त्रालय र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबीच पाइपमा चुहावट देखिएर खन्नु परेमा तत्काल मर्मत गर्न सहमति भएको थियो । यी दुई मन्त्रालयबीच भएको सहमतिमा लिमिटेडले सामान्य रुपमा खाडल पुर्ने र विज्ञ कर्मचारी भएकाले सडक विभागले कालोपत्र गर्ने उल्लेख थियो । मेलम्चीको पाइप मर्मतका लागि सरकारले रु १० करोड छुट्याएको थियो ।

लिमिटेडले खनेका तीन हजार ठाउँमध्ये कतिपय ठाउँमा ठूला र धरै ठाउँमा साना खाडल रहेको प्रमुख नेपालीले बताए । सडकको मर्मतका लागि रकम निकासाको पर्खाइमा रहेको उनले जानकारी दिनुभयो । रकम पछि निकासा हुने गरी कतिपय स्थानमा अहिले मर्मतको काम अघि बढाइएको छ । उनले भने, “सडक त्यसै छाड्दा थप क्षति पुग्ने भएकाले हामीले कालोपत्रबाहेक मर्मतको काम गरिरहेका छौँ ।”

मौसमका कारण र निकासा बाँकी भएकाले खाडल खनिएका स्थानमा तत्काल कालोपत्र गर्न नसकिएको डिभिजनले जनाएको छ । सडकमा मर्मत चाँडो गर्न नसकिएमा जमीनभित्र पानी पस्दा सडक अझै बढी लम्बाइमा क्षति गर्छ । सडक खनेपछि थप क्षति नहोस् भन्नका लागि सकेसम्म चाँडो मर्मत गर्नुपर्छ । पहिले कालोपत्र भइसकेको सडक त्यसै छाड्दा कालोपत्रभित्रको आधारमा समेत असर पुग्ने नेपालीले बताए । सडकमा तत्काल मर्मत नगर्दा त्यहाँ रहेको भ्वाङ ठूलो बन्न सक्छ । उनले भने, “कालोपत्र सडकको शत्रु नै पानी भएकाले सकेसम्म त्यसबाट बचाउनुपर्छ ।”

सडक खन्दा त्यहाँबाट निस्कने ढुङ्गा र गिटीका कारणले दुर्घटनाको जोखिम बढी हुने र हेर्दा पनि सडक नराम्रो देखिन्छ । ग्राभेल सडकमा जस्तोसुकै मौसममा पनि सडकमा रहेको खाल्डा पुरेर पहिलेजस्तो बनाउन सकिन्छ । कालोपत्र सडकमा पहिले जस्तै गरी मर्मत गर्न घाम लागेको मौसम चाहिने प्रमुख नेपालीले बताए । डिभिजनले खनिएका ठाउँमा तत्काल दुर्घटना हुन नदिन गिटी राखेर खाल्डा भर्ने गरेको छ । कालोपत्रले छोपेको नहुँदा गिटी खुकुलो भएर उछिटिने र छरिने हुँदा त्यो टिकाउ हुँदैन ।

रासस

GBIME

प्रतिक्रिया दिनुहोस्