Shikhar Insurance

राष्ट्रिय वाणिज्य बैंक सञ्चालक समिति अध्यक्ष बने राजस्व सचिव पुडासैनी

सिंहदरबार संवाददाता
२०७८ असार २१, सोमबार १९:४०
NIMB
Nabil Bank

काठमाडौं । राजस्व सचिव रामशरण पुडासैनी राष्ट्रिय वाणिज्य बैंकको सञ्चालक समितिका अध्यक्ष भएका छन् । नवनियुक्त अध्यक्ष पुडासैनीले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी समक्ष बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा १२७ को उपदफा १ बमोजिम सोमबार पद तथा गोपनीयताको शपथ पनि लिइसकेका छन् ।

बैंक सञ्चालक समितिको आईतबार बसेको बैठकले रामशरण पुडासैनीलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो । यसअघि अध्यक्षको जिम्मेवारी निर्वाह गरेका अर्थ

Citizen Life
Kumar Bank
Nepal Life

मन्त्रालयका सहसचिव धनिराम शर्माले अध्यक्षको पदबाट बैंक सञ्चालक समिति समक्ष राजीनामा दिएका थिए ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्