Shikhar Insurance

‘हिमालयन रि’ समुहलाई नै नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स दिने तयारी

सिंहदरबार संवाददाता
२०७८ असार २१, सोमबार २१:३३
NIMB
Nabil Bank

काठमाडौं । सरकारले हिमालयन रि इन्स्योरेन्स कम्पनीको लाइसेन्स पाएको समुहलाई नै नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स दिने तयारी गरेको छ । प्रधानमन्त्री केपी ओलीको निर्देशन र उप प्रधान तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेलको ईच्छा अनुसार दिपक भट्ट र सुलभ अग्रवाल संलग्न समुहलाई नै नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स दिन लागिएको हो ।

यहि समुहले नेतृत्व गरेको हिमालयन रिले पुनर्बीमा कम्पनी सञ्चालनका लागि आसय पत्र लिएर सेवा आरम्भ गर्न लागिसकेको छ । अब सोही समुहलाई नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स पनि दिने तयारी अघि बढाईएको हो । अर्थमन्त्री विष्णु पौडेलले नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्म ढुंगानालाई मन्त्रालयमै बोलाएर चाँडो नयाँ स्टक एक्सचेञ्जलाई लाइसेन्स दिने प्रक्रिया अघि बढाउन भनेका छन् ।

Citizen Life
Kumar Bank
Nepal Life

‘नयाँ स्टक एक्सचेञ्जलाई लाइसेन्स दिनेबारे सरकार सकारात्मक देखिएको छ, छिटो प्रक्रिया अघि बढाउन भनिएको छ तर सरकार रहने वा ढल्ने विषयले यसमा महत्व राख्छ’, श्रोतले भन्यो । श्रोतका अनुसार ठूला व्यवसायीक घरानाहरु नयाँ स्टक एक्सचेञ्जको लाइसेन्सका लागि भिडिरहेका छन् । ‘हामीले पनि पुरानो फाइल खोजेर अपडेट गरेर पुनः प्रक्रिया आरम्भ गर्ने भन्ने कुरा भएको छ’, यस अघि नै नयाँ स्टकका लागि लाइसेन्स माग्दै बोर्ड पुगेको एक कम्पनीका सञ्चालकले सिंहदरबारसँग भने ।

चार कम्पनी बोर्डको ढोकामा
यस अघि नै धितोपत्र बोर्डमा चार वटा कम्पनीले नयाँ स्टक एक्सचेञ्जका लागि आवेदन दिएका थिए । त्यसरी आवेदन दिनेमा नेशनल स्टक एक्सचेञ्ज लिमिटेड(२०६५ फागुन १८, काठमाडौं स्टक एक्सचेञ्ज लिमिटेड(२०६५ फागुन २२), नेपाल सेक्युरीटिज एण्ड डेरिभेटिभ लिमिटेड(२०६५ चैत २४) र हिमालयन स्टक एक्सचेञ्ज लिमिटेड(२०६६।०८।१५) रहेका छन् ।

नेशनल स्टकमा तत्कालिन आईसीएफसी फाइनान्स, नेपाल लाइफ, प्रुडेन्सियल इन्स्योरेन्स र सुर्या लाइफको लगानी रहने भनिएको थियो ।
काठमाडौं एक्सचेञ्जमा भने तत्कालिन एलिट क्यापिटल, किष्ट बैंक र आईएमई फाइनान्सियल इन्स्टिच्युसन लिमिटेड थिए । हिमालयन स्टकमा भने एसियन लाइफ, महालक्ष्मी फाइनान्स, एनएलजी इन्स्योरेन्स र गुहेश्वर मर्चेण्ट एण्ड फाइनान्स कम्पनी लगानीकर्ताका रुपमा अघि आएका थिए ।

नयाँ स्टकका लागि भाले भिडन्त
हाल आइएमई ग्रुप र विशाल ग्रुपले भने संयुक्त रुपमा नयाँ स्टकका लागि प्रयास थालेका छन् । यहि समुहले रिइन्स्योरेन्स कम्पनीको लाइसेन्सका लागि लबिङ गरेका थिए तर सफल भएनन् । प्रधानमन्त्री केपी ओलीसँग पुगेरै यो समुहले रिइन्स्योरेन्स कम्पनीको लाइसेन्स नदिएकाले नयाँ स्टकको लाइसेन्स दिनुपर्ने भन्दै दबाब बढाईरहेको छ ।

उता, दिपक भट्ट र सुलभ अग्रवाल समुहले स्टकको समेत लाइसेन्स हात पार्ने योजनासहित तयारी थालेको श्रोत बताउँछ । ‘हिमालयन रिले जसरी लाइसेन्स लियो, त्यसै गरि नयाँ स्टकको लाइसेन्स पनि लाने हल्ला चलेको छ तर हामी पनि लागिरहेका छौं’, नयाँ स्टकको लाइसेन्स पर्खिरहेका एक लगानीकर्ताले भने ।

श्रोतका अनुसार दिपक भट्ट र सुलभ अग्रवालको समुहले अघि सार्ने कम्पनी, आईएमई र बिशाल ग्रुपको कम्पनी र हिमालयन स्टक एक्सचेञ्जबीच नयाँ लाइसेन्सका लागि भाले भिडन्त भैरहेको छ ।

पुराना आवेदन के हुन्छ ?
यस अघि २०६५ सालमै नेपाल धितोपत्र बोर्डले सार्वजनिक सूचना प्रकाशित गरेर नयाँ स्टक एक्सचेञ्जका लागि आवेदन मागेको थियो । पहिले ति आवेदनको टुंगो लगाएर मात्रै नयाँ प्रक्रिया थाल्नु उपयुक्त हुने लाइसेन्सको पर्खाइमा रहेको हिमालयन स्टकका अध्यक्ष रमेश कुमार भट्टराईले बताए । ‘बोर्डले आव्हान गरे अनुसार नै हामीले आवेदन दिएका हौं, पुरानो आवेदनको छिनोफानो नगरि नयाँ प्रक्रिया थाल्नु उपयुक्त नहोला र बोर्डले त्यस्तो नगर्ला भन्ने अपेक्षा छ ।’, प्रस्तावित कम्पनीका अध्यक्ष भट्टराईले सिंहदरबारसँग भने ।

GBIME

प्रतिक्रिया दिनुहोस्