Shikhar Insurance

जीवन विकासको आइपीओ बाँडफाँड भोलि, पर्ने सम्भावना कति ?

सिंहदरबार संवाददाता
२०७८ असार २२, मंगलवार १९:०६
NIMB
Nabil Bank

काठमाडौं । जीवन विकास लघुवित्तको आइपीओ भोलि बाँडफाँड हुने भएको छ । सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटलका अनुसार क्यापिटलको कार्यालयमा बिहान ९ बजे आईपीओ बाँडफाँड हुने भएको हो ।

सोमबार प्रिअलोटमेन्ट सम्बन्धी काम सकिएको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

जीवन विकास लघुवित्तको आईपीओले इतिहास कायम गरेको थियो । आईपीओ इतिहासमै पहिलोपल्ट २० लाख ५९ हजार ३ सय ५८ जनाले सेयर माग गरेका थिए । सर्वसाधारणबाट ३ अर्ब १२ करोड ६६ लाख २६ हजार २ सय रूपैयाँ बराबरको ३ करोड १२ लाख ६६ हजार २ सय ६२ कित्ता माग भएको छ

कम्पनीले प्रति कित्ता एक सय रुपैयाँ मूल्य अंकित १९ लाख ७७ हजार ३ सय कित्ता बराबरको १९ करोड ७७ लाख ३० हजार मूल्यको आईपीओ बिक्री खुला गरेको हो । नेपाल धितोपत्र बोर्डले कम्पनीलाई जेठ ३० गते आईपीओ निष्काशन गर्ने अनुमति दिएको थियो ।

जारी पूँजीको ५ प्रतिशत सेयर कर्मचारीहरुका लागि र कुल निष्काशनको ५ प्रतिशत अर्थात ९८ हजार ८६५ कित्ता सेयर सामूहिक लगानी कोषका लागि छुट्याएको छ। बाँकी १८ लाख ४८ हजार १५ कित्ताका लागि सर्वसाधारणले आवेदन दिएका थिए ।

नियमअनुसार १ लाख ८४ हजार ८ सय १० जनाले १०–१० कित्ता तथा ५ जनाले ११–११ कित्ता सेयर पाउनेछन् । अर्थात् हरेक ११ जनामध्ये १ जनाले १० कित्ता सेयर पाउनेछन् ।

यो आईपीओलाई इक्रा नेपालले ‘इक्रा आइआर बीबीबी माइनस’ रेटिङ प्रदान गरेको छ । ४१ करोड ६ लाख ७० हजार रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीले पुँजीको ३२.५० प्रतिशत आईपीओ निष्काशन गरेको हो ।

आईपीओ निष्काशनपछि संस्थाको चुक्ता पुँजी ६० करोड ३७ लाख ४० हजार रुपैयाँ पुग्ने छ । संस्थाको जगेडा कोषमा १ अर्ब १८ करोड ३९ लाख रुपैयाँ रहेको छ ।

कुल निष्काशनमध्ये ३० हजार ४२० कित्ता कर्मचारीलाई र ९८ हजार ८६५ कित्ता सामूहिक लगानी कोषलाई छुट्याइएको हो ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्