Shikhar Insurance

हिमालयन रिका लगानीकर्ताले जम्मा गरे ७ अर्ब रूपैयाँ, असार भित्रै सेवा आरम्भ (कसको कति लगानी ?)

सिंहदरबार संवाददाता
२०७८ असार २२, मंगलवार १९:४५
NIMB
Nabil Bank

काठमाडौं । हिमालयन रिइन्स्योरेन्स कम्पनीका लगानीकर्ताहरुले ७ अर्ब रुपैयाँ लगानी जम्मा गरेका छन् । पुनर्बीमा सेवा प्रवाहका लागि आशय पत्र पाएको कम्पनीलाई बीमा समितिले असार ३ गते पत्र लेखेर ४५ दिन भित्र संस्थापक लगानी वापतको ७ अर्ब रुपैयाँ जम्मा गर्न भनेको थियो । त्यस्तो रकम बैंकमा जम्मा गरि समितिका नाममा ‘एयर मार्क’ गर्न भनेको थियो । कम्पनीका सबै १०६ संस्थापकहरुले लगानी प्रतिवद्धता अनुसारको रकम बैंकमा जम्मा गरि समितिको नाममा ‘एयर मार्क’ गरेको विवरण समितिमा बुझाएका हुन् ।

श्रोतका अनुसार हिमालयन रिले असार मसान्त अगावै कार्यालय उद्घाटन गरेर सेवा आरम्भ गर्ने तयारी अघि बढाएको छ । कम्पनीले महाराजगञ्जमा कार्यालय स्थापना गरिसकेको छ भने प्रमुख कार्यकारी अधिकृतको खोजी प्रक्रिया पनि सुरु गरेको छ । ‘असार मसान्त अघि नै सेवा प्रारम्भ गर्ने योजनासहित काम भैरहेको जानकारी पाएको छु, म कार्यकारी भूमिकामा नरहेकाले सबै कुरा भने जानकारी छैन्’, कम्पनीका एक लगानीकर्ताले सिंहदरबारसँग भने ।

Citizen Life
Kumar Bank
Nepal Life

हिमालयनले अन्तराष्ट्रिय बजारमा समेत आफ्नो बलियो उपस्थिति जनाउनका लागि भारतीय नागरिकलाई सिईओ बनाउने तयारी गरेको पनि श्रोतले बताएको छ । सेवा आरम्भ गर्नु अघि बीमा समितिको टोलीले कार्यालयको स्थलगत अवलोकन गरि पूर्वाधारको जाँच गर्नेछ । त्यसरी प्राप्त प्रतिवेदनका आधारमा बीमा समिति सञ्चालक समितिले हिमालयन रिलाई लाइसेन्स प्रदान गर्नेछ ।

हिमालयन रिले जेठ १६ गते व्यवसाय सञ्चालनका लागि आसय पत्र प्राप्त गरेको थियो । प्रतिष्पर्धामा रहेका अन्य चार कम्पनी काठमाडौं रि, अन्नपूर्ण रि, जेन्युइन रि र प्रुडेन्सियल रिलाई पछि पार्दै हिमालयनले आशयपत्र प्राप्त गरेको थियो ।

समितिले नयाँ पुनर्बीमा कम्पनीको सम्भाव्यता अध्ययन गर्न फागुन १५ गते उप समिति गठन गरेको थियो । सोही समितिको सिफारिस अनुसार वैशाख १६ गते एउटा पुनर्बीमा कम्पनीलाई लाइसेन्स दिने भन्दै समितिले २१ दिनभित्र तोकिएको ढाँचामा आवेदन खुला गरेको थियो । सोही आवेदन अनुसार पाँच कम्पनीले लाइसेन्सका लागि निवेदन दिएका थिए ।

कसको कति लगानी ?

GBIME

प्रतिक्रिया दिनुहोस्