Shikhar Insurance

जीवन विकास लघुवित्तको आईपीओ बाडफाँट, तपाईलाई पर्यो ?

सिंहदरबार संवाददाता
२०७८ असार २३, बुधबार १०:२०
NIMB
Nabil Bank

काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्थाको आइपीओ बाँडफाँट भएको छ । बिक्री प्रबन्धक एनएमबि क्यापिटलका अनुसार आईपीओका लागि आवेदन दिएका मध्ये १ लाख ८४ हजार ८ सय १ जनाले १०/१० कित्ता र ५ जनाले ११/११ कित्ताका दरले शेयर पाएका छन् ।

जीवन विकासको आइपीओमा हालसम्मकै उच्च २० लाख ८४ हजार ७६२ जना लगानीकर्ताको आवेदन परेको थियो ।

Citizen Life
Kumar Bank
Nepal Life

जीवन विकासले १९ करोड ७७ लाख ३० हजार रुपैयाँको १९ लाख ७७ हजार ३ सय कित्ता आईपीओ असार ११ देखि १५ गतेसम्म निष्काशन गरेको थियो ।

कूल निष्काशन मध्ये ३० हजार ४ सय २० कित्ता शेयर कर्मचारीहरुका लागि र ९८ हजार ८ सय ६५ कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याएको थियो । बाँकी १८ लाख ४८ हजार १५ कित्ता सर्वसाधारणका लागि छ्ट्याइएको थियो ।

जीवन विकासलाई नेपाल धितोपत्र बोर्डले जेठ ३० गते आईपीओ निष्काशनका लागि अनुमति दिएको थियो । कम्पनीले हाल कायम चुक्ता पूँजीको ३२.५० प्रतिशत आईपीओ निष्काशन गरेको हो । कम्पनीको चुक्ता पूँजी ४१ करोड ६ लाख ७० हजार रुपियाँ रहेको छ । आईपीओ बिक्रीपछि कम्पनीको चुक्ता पूँजी ६० करोड ३७ लाख ४० हजार रुपियाँ पुगेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्