Shikhar Insurance

कोपा अमेरिकाको फाइनलमा ब्राजिल र अर्जेन्टिना भिड्ने, मेस्सी र नेइमारमध्ये कसले मार्ला बाजी ?

सिंहदरबार संवाददाता
२०७८ असार २३, बुधबार १०:४२
NIMB
Nabil Bank

काठमाडौं । कोपा अमेरिका कपको फाइनलमा ब्राजिल र अर्जेन्टिना भिड्ने भएका छन् । दोश्रो सेमिफाइनलमा कोलम्बियालाई पेनाल्टीमा पराजित गर्दै अर्जेन्टिनाले उपाधी भिडन्ट पक्का गरेको हो । पहिलो सेमिफाइनलमा ब्राजिलले पेरुलाई पराजित गर्दै उपाधी रक्षा गर्ने बाटो समातेको थियो ।

बुधबार बिहान भएको दोश्रो सेमिफाइनलको निर्धारित समय एक एक गोलमा सकिएको थियो । त्यसपछि खेललाई सिधै पेनाल्टीमा लगियो । जसमा अर्जेन्टिनाका गोलकिपरले ३ पेनाल्टी रोकेर फाइनल यात्रा तय गराए । निर्धारित समयको खेलमा भने अर्जेन्टिनाले ७ मिनेटमै एक गोलको अग्रता बनाएको थियो तर ६० औं मिनेटमा कोलम्बियाले बराबरी गोल फर्काएको थियो । अब फाइनल खेल ११ जुनका दिन ब्राजिलस्थित माराकाना स्टेडियममा हुनेछ ।

Citizen Life
Kumar Bank
Nepal Life

यो फाइनल खेललाई मेस्सी भर्सेस नेइमारका रुपमा समेत हेरिन्छ । एक वर्षपछि हुने फिफा विश्व कपका लागि टिम र खेलाडीहरुको मनोबल उच्च राख्ने र उपाधीको दावेदारी कायमै राख्नका लागि दुबै टिमका लागि यो फाइनल महत्वपूर्ण हुनेछ । ब्राजिल आफ्नै मैदानमा कोपा अमेरिका कपको उपाधी रक्षा गर्ने योजनामा हुनेछ भने अर्जेन्टिना पनि आफ्ना लिजेन्ड मेस्सीका लागि कोपा अमेरिका जित्न आतुर देखिन्छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्