Shikhar Insurance

अमेरिकामा निजी क्षेत्रमा ६ लाख ९२ हजार नयाँ रोजगारी थप

सिंहदरबार संवाददाता
२०७८ असार २३, बुधबार १२:२९
NIMB
Nabil Bank

वासिङ्टन । संयुक्त राज्य अमेरिकामा गत जुन महिनामा निजी क्षेत्रबाट ६ लाख ९२ हजार नयाँ रोजगारी थप भएको छ । अघिल्लो महिनाको तुलनामा भने यो वृद्धि केही सुस्त देखिएको अमेरिकी अधिकारीहरुले बताएका छन् । अमेरिकी स्वचालित तथ्यांक प्रशोधन (एपीडी) का प्रमुख अर्थशास्त्री नेला रिचर्डसनले गत जुन महिनामा पनि श्रम बजार निकै सुदृढ देखिएको बताए ।
उनले सन् २०२१ को शुरुआतदेखि करिब ३० लाख नयाँ रोजगारी सिर्जना भएको जानकारी दिए । रिचर्डसनले कोभिड–१९ का कारण सर्वाधिक असर परेको सेवा क्षेत्रले निरन्तर प्रगति गरिरहेको जिकिर गरे । होटल, पर्यटन क्षेत्र खुला हुँदै गएका कारण आम रुपमा अर्थतन्त्रमा चहलपहल बढेको दाबी उनको छ ।

जुन महिनामा छ लाख २४ हजारले सेवा क्षेत्रमा नयाँ रोजगारी पाएको एपीडीले जनाएको छ । ठूला व्यवसाय तथा मझौला कम्पनीहरुले जुन महिनामा २ लाख ४० हजारलाई रोजगारी दिएका छन् भने साना कम्पनीहरुले २ लाख १५ हजार नयाँ रोजगारी सिर्जना गरेका छन् ।

Citizen Life
Kumar Bank
Nepal Life

सिन्ह्वा

GBIME

प्रतिक्रिया दिनुहोस्