Shikhar Insurance

९ करोड कर छल्ने शिवशक्ति खाद्य उद्योगका सञ्चालकविरूद्ध मुद्दा

सिंहदरबार संवाददाता
२०७८ असार २३, बुधबार २१:५८
NIMB
Nabil Bank

काठमाडौं । भन्सार चोरी पैठारी गरी राजस्व छलेको अभियोगमा चितवन रत्ननगर-७ को शिवशक्ति खाद्य उद्योगका सञ्चालकसहित तीन जनाविरूद्ध अदालतमा मुद्दा दायर भएको छ। राजस्व अनुसन्धान विभागले उद्योगका सञ्चालक दिनेशकुमार अग्रवाल, सीमा अग्रवाल र थपलिया ट्रेड सप्लायर्सका प्रोप्राइटर रामप्रसाद थपलियाविरूद्ध बुधबार उच्च अदालत पाटनमा मुद्दा दायर गरेको हो।

उनीहरूलाई ९ करोड २७ लाख ३७ हजार ५ सय ६० रूपैयाँ बिगो माग गरिएको छ। उनीहरूले वास्तविक खरिद-विक्री नदेखाई मूल्य अभिवृद्धि कर, लाभांश र आयकर छलेको आरोप विभागको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

उनीहरूले ६ करोड ८६ लाख ७ हजार २ सय ५३ रूपैयाँ र आयकर २ करोड ४१ लाख ३० हजार ३ सय ७ रूपैयाँ छलेको विभागको अनुसन्धानबाट खुलेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्