Shikhar Insurance

मध्यमर्स्यांदीको प्रसारण लाईन अवरुद्ध

सिंहदरबार संवाददाता
२०७८ असार २४, बिहीबार २०:१८
NIMB
Nabil Bank

लमजुङ । लमजुङ्ग स्थित मध्यमर्स्यांदी जलविद्युत आयोजनाको १३२ के भी को टावर असार १९ गते बिहान पहिरोले ढालेपछि मर्स्याङ्ग्दि कोरिडोर को १३२ के भी प्रसारण लाईन पूर्ण रुपमा अवरुद्ध भई नेपाल विद्युत प्राधिकरणको मध्यमर्स्यांदी जलविद्युत लगायत निजि छेत्रका सगरमाथा तथा खुदी जल विद्युत कम्पनीहरु बाट उत्पादित करिब १२५ मेगा वाट विद्युत राष्ट्रिय प्रसारण ग्रिडबाट बिच्छेद भयको छ। उक्त टावर पुननिर्माण गर्न करिब ३ महिना लाग्ने अनुमान गरिएको छ।

तीन महिना सम्म उक्त करिडोरबाट उत्पादित विद्युत ग्रिडमा जडान गर्न नपाउदा दैनिक ३ करोड रुपैयाका हिसाबले करिब तीन अर्ब को नोक्सानी नेविप्रा लगायत निजी लविद्युत कम्पनी हरुले ब्यहोर्नु पर्ने हुन्छ भने कतिपय ठाउँ मा विद्युत आपूर्ति मा समस्याको अवस्था छ।
नेपाल विध्युत प्राधिकरण पोखरा ग्रिड महाशाखाका प्रवन्धक माधव पौडेलका अनुसार उक्त टावर ढलेको स्थानमा आपतकालीन अवस्था रहेकोले नया प्रविधिको इमर्जेन्सी टावर खडा गरि विद्युत आपूर्तिलाई सुचारु गर्न आवश्यक कार्य सुरु गरिसकिएको छ। बिगतमा पनि यस्तै विपतका अवस्थामा रक्सौल ( परवानीपुर १३२ के भी प्रसारण लाइन को टावर हावा हुरीले ढाल्दा यहि प्रविधिको प्रयोग द्वारा चार दिनमै मुडभरी एण्ड जोशी कम्पनी द्वारा विद्युत आपूर्ति सुचारु गराइएको थियो। मध्यमर्स्यांदीको हाल ढलेको टावर को ठाउमा बैकल्पिक टावर खडा गरि विद्युत आपूर्ति सुचारु गर्नकालागि नेविप्रा ले यस कार्यमा बिशेस अनुभवी मानिएका ठेकेदार कम्पनि मुडभरी एण्ड जोशी कन्स्ट्रक्सनलाई साथमा लिई आज देखि नै उक्त स्थान मा द्रुत गतिमा कार्य अघि बढाइसकेको तथा नेविप्रा सहित मुडभरी एण्ड जोशी कम्पनी का प्राविधिक एवं कामदार हरु टावर ढलेको स्थान सम्म पुगिसकेको जनाएका छन्।

Citizen Life
Kumar Bank
Nepal Life

मुडभरी एण्ड जोशी कन्स्ट्रक्सनका प्रतिनिधि केदार कुमार फुयालका अनुसार टावर ढलेको स्थान मोटर बाटोबाट करिब दुइ घण्टा को पैदल दुरीमा रहेको र बाढी र पहिरोले बाटो बिग्रेको हुनाले उक्त स्थान सम्म सामानहरु ढुवानी गर्ने कार्य चुनौतिपूर्ण रहेको, तर आवस्यक जनसक्ति प्रयोग गरि सामानहरु यथासिघ्र उक्त स्थानसम्म पुराउने कार्य सुरु भएको छ। सुक्रबार असार २५ गतेसम्म सम्पूर्ण सामान पुराउन सकिएमा सोमबार असार २८ गते सम्ममा लाइन चार्ज गर्न सकिने आशा रहेको बताएका छन्। तर बिहान देखि नै पानि परिरहेको ले ढुवानी कार्यलाई असर गरिरहेकोले केहि ढिलाई भैरहेको जनाएका छन्।

GBIME

प्रतिक्रिया दिनुहोस्