Shikhar Insurance

आईएमई जनरलको साढे दुई लाख कित्ता सेयर बेच्दै नेपाल बंगलादेश बैंक

सिंहदरबार संवाददाता
२०७८ असार २५, शुक्रबार १२:२३
NIMB
Nabil Bank

काठमाडौं । नेपाल बंगलादेश बैंकले आईएमई जनरल इन्स्योरेन्समा रहेको साढे दुई लाख कित्ता सेयर बेच्न लागेको छ । बैंकले आईएमई जनरलमा रहेको २ लाख ५६ हजार ९ सय ३६ कित्ता सेयर बेच्न लागेको हो । बैंक सञ्चालक समितिले इन्स्योरेन्स कम्पनीमा रहेको संस्थापक सेयरमध्ये साधारण सेयरमा परिवर्तित भएको सेयर बेच्ने निर्णय गरेको हो ।

आईएमई जनरलमा नेपाल बंगलादेश बैंकको करिब १० प्रतिशत सेयर रहेको छ । संस्थापक सेयरको हिस्सा ८० प्रतिशतबाट घटाएर ६० प्रतिशत बनाउँदा साधारण सेयरमा परिणत भएको सबै सेयर बेच्ने निर्णय बैंकले गरेको हो । आईएमई जनरलमा नेपाल बंगलादेश बैंकका तर्फबाट चाटर्ड एकाउन्टेन्ट सुरेश देवकोटा सञ्चालक समिति सदस्य छन् ।

Citizen Life
Kumar Bank
Nepal Life

तर बीमकको संस्थागत सुशासन सम्बन्धी निर्देशिका, २०७५ ले भने बीमा कम्पनीको सञ्चालकले पद छाडेको एक वर्षसम्म सो संस्थाको कुनै पनि सेयर तथा डिबेञ्चर खरिद गर्न नपाउने व्यवस्था गरेको छ ।

निर्देशिकाको परिच्छेद–३ को दफा १७ उपदफा ७ मा ‘सञ्चालकले पदमा बहाद रहुञ्जेल र सो पदबाट हटेको एक वर्षसम्म सोही बीमकको कुनै पनि प्रकारको सेयर, डिबेञ्चर खरिद बिक्रि गर्न पाउने छैन’ भन्ने व्यवस्था छ ।

तर बैंकले भने कम्पनीमा आफ्नो प्रतिनिधी संस्थापक सेयरधनीका रुपमा सहभागी भएकाले साधारण तर्फको सेयर बेच्न पाउनुपर्ने तर्क अघि सारेको छ ।

हाल दोश्रो बजारमा आईएमई जनरलको सेयर मूल्य प्रति कित्ता ११९५ रुपैयाँमा किनबेच भैरहेको छ । साधारण तर्फ रुपान्तरण भएको सेयर बेच्न पाएमा बैंकको नाफामा ३० करोड ६२ लाख ६७ हजार ७ सय १७ रुपैयाँ प्राप्त गर्नेछ । यसरी प्राप्त भएको रकमबाट लाभांश बाढ्ने सुबिधा बैंकसँग रहन्छ । नविल बैंकसँग मर्जरमा जाने तयारी गरिरहेको बैंकले आईएमई जनरलको सेयर बेच्न थालेको हो ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्