Shikhar Insurance

अहिलेको सेयर बजार परिसूचकलाई फन्डामेन्टल फ्याक्टरले सपोर्ट गर्दैनः रेवत कार्की

सिंहदरबार संवाददाता
२०७८ असार २५, शुक्रबार १५:१३
NIMB
Nabil Bank

काठमाडौं । नेपाल धितोपत्र बोर्डका पूर्व उपाध्यक्ष रेवत बहादुर कार्कीले सेयर बजार परिसूचक नेप्से जुन दरमा बढेको छ त्यसलाई फन्डामेन्टल फ्याक्टरले सपोर्ट नगरेको बताएका छन् । बोर्डले आयोजना गरेको कार्यक्रममा बोल्दै कार्कीले संरचना तथा इन्डेक्स विश्लेषण गर्दा बजार अस्वस्थ स्थितिमा रहेको बताएका हुन् ।

उनका अनुसार सेयर बजारका लगानीर्ता ९० प्रतिशत हल्लाको भरमा चल्ने गरेका छन् ।

Citizen Life
Kumar Bank
Nepal Life

बोर्डले आर्थिक वर्ष २०७८/७९ को धितोपत्र बजार तथा वस्तु विनिमय बजार विकास तथा सुधार सम्बन्धी नीति तथा कार्यक्रममाथि छलफलमार्फत् सुझाव लिएको छ ।

उनले आधुनिक स्टक एक्स्चेन्ज ल्याइनुपर्ने वा हालको बजारलाई कर्पोरेट मोडलमा लैजानुपर्ने सुझाव दिए । तर, निजी क्षेत्रलाई स्टक एक्स्चेन्जको लाइसैन्स दिन नहुने सुझाव दिए ।

GBIME

प्रतिक्रिया दिनुहोस्