Shikhar Insurance

४० हजार जनालाई पर्ने अर्को लघुवित्तको आईपीओ आउँदै

सिंहदरबार संवाददाता
२०७८ असार २५, शुक्रबार १६:२६
NIMB
Nabil Bank

काठमाडौ‌ । सीवाईसी नेपाल लघुवित्त वित्तीय संस्थाले सर्वसाधारणका लागि करिब ४ करोड रुपैयाँ बराबरको ४ लाख कित्ता आईपीओ जारी गर्ने भएको छ । कम्पनीले संस्थाले प्रति कित्ता अंकित मूल्य १ सय रुपैयाँका दरको ३ लाख ९५ हजार ३ सय ३५ कित्ता साधारण सेयर निष्काशन गर्ने भएको हो ।

यो आईपीओ १०–१० कित्ताका दरले करिब ४०  हजार जनालाई पर्नेछ ।

Citizen Life
Kumar Bank
Nepal Life

कम्पनीले आईपीओ निष्कासन गर्न ग्लोबल आईएमई क्यापिटललाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ।

लघुवित्तले हालै मात्र शालिग्राम लघुवित्त वित्तीय संस्थालाई प्राप्ति गरेको छ । संस्थाको अधिकृत पुँजी २० करोड रुपैयाँ र जारी पुँजी १२ करोड १६ लाख ४१ हजार रुपैयाँ छ । कम्पनीले ३७ वटा शाखा कार्यालयमार्फत ४७ हजारभन्दा बढी सदस्यलाई आवद्ध गरेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्