Shikhar Insurance

युनियन लाइफको आइपिओ दोश्रो दिनमै ३ गुणा बढी आवेदन

सिंहदरबार संवाददाता
२०७८ असार २५, शुक्रबार १६:४७
NIMB
Nabil Bank

काठमाडौं । असार २४ गतेबाट निष्काशन भएको युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको प्राथमिक निष्काशनमा दोश्रो दिन नै २.९४ गुणाले ओभर सब्सक्राइब भएको छ ।

६४ लाख ५० हजार कित्ता मध्ये सामुहिक लगानी कोषलाई ५ प्रतिशत तथा कर्मचारीलाई ५ प्रतिशत छुट्याई बाँकी रहेको ५८ लाख ५ हजार कित्ता शेयर निष्काशन गरिएकोमा निष्काशनको दाश्रो दिन अपरान्ह ३ः३० बजे सम्म ११ लाख २८ हजार ३ सय ८४ जना सर्वसाधारण लगानीकर्ताहरुबाट १ अर्ब ८९ करोड ७९ लाख ९३ हजार रकम बराबरको १ करोड ८९ लाख ७९ हजार ९ सय ३० कित्ता शेयरको लागि आवेदन परेको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

यो आइपिओको निष्काशन तथा बिक्री प्रबन्धकको कार्य प्रभु क्यापिटल लिमिटेडले गरेको हो । यो आइपिओमा लगानीकर्ताहरुले न्यूनतम १० कित्ता देखि अधिकतम ३२ हजार २ सय ५० कित्तासम्म आवेदन दिन पाउने व्यवस्था रहेको छ । यो आइपिओमा आवेदन दिने अन्तिम समय छिटोमा असार २८ गते सोमबारसम्म रहेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्