Shikhar Insurance

ब्रोकर कमिसन अझै घटाऔं, बैंकलाई ब्रोकर लाइसेन्स पनि चाहियोः रौनियार

सिंहदरबार संवाददाता
२०७८ असार २५, शुक्रबार १७:१८
NIMB
Nabil Bank

काठमाडौं । नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष छोटेलाल रौनियारले ब्रोकर कमिसन पुनः घटाउन माग गरेका छन् । धितोपत्र बोर्डले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम बनाउन सुझाव संकलनका लागि आयोजना गरेको कार्यक्रममा उनले ब्रोकर कमिसन अझै ठूलोमा घटाउनुपर्ने बताएका हुन् । यसअघि बोर्ड ब्रोकर कमिसन घटाउँदा कन्जुस्याई गरेको आरोप पनि उनले लगाए ।

उनले तत्कालै बैंकका सहायक कम्पनीहरुलाई ब्रोकर लाइसेन्स दिनुपर्नेमा पनि जोड दिए । बैंकका सहायक कम्पनीलाई लाइसेन्स दिँदा बजारको दिगो विकासमा अझै सहयोग पुग्ने पनि उनले बताए । उनले बजार बेलुन जस्तो फुलेकाले घटाउनुपर्छ भन्ने आवाज उठ्नु दुःखद भएको बताए । बजारमा केहि निश्चित कम्पनीहरुको मात्रै सेयर मूल्य बढेकाले बजार फुलेको भन्ने तर्क गलत भएको दावी पनि गरे ।

Citizen Life
Kumar Bank
Nepal Life
GBIME

प्रतिक्रिया दिनुहोस्