Shikhar Insurance

माधव नेपाल र प्रचण्डको भेटमा के के भयो कुरा ?

सिंहदरबार संवाददाता
२०७८ असार २६, शनिबार १४:३६
NIMB
Nabil Bank

काठमाडौं । नेकपा(एमाले)का बरिष्ठ नेता माधव कुमार नेपाल र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच भेटवार्ता सकिएको छ । प्रचण्डले एमाले बरिष्ठ नेता नेपाललाई शनिबार कोटेश्वरस्थित निजी निवासमै पुगेर भेट गरेका थिए ।

भेटमा बरिष्ठ नेता नेपालको स्वास्थ्य अवस्थाबारे प्रचण्डले चासो राखेर स्वास्थ्य लाभको कामना गरेका थिए । बरिष्ठ नेता नेपाललाई चिकित्सकहरुले आराम गर्न सुझाव दिएकाले प्रचण्डसँग छोटो कुराकानी मात्रै भएको थियो ।

Citizen Life
Kumar Bank
Nepal Life

भेटमा बरिष्ठ नेता नेपालले आफु पछिल्लो राजनीतिक घट्नाक्रम प्रतिको मान्यतामा ढृढ रहेको स्पष्ट पारेका थिए । उनले पार्टी एकतालाई लेनदेनको विषय नभएको समेत स्पष्ट पारेका थिए ।

‘प्रचण्डले स्वास्थ्य अवस्थाबारे बुझ्नु भयो र लाभको कामना गर्नु भयो, बरिष्ठ नेता नेपालले आफु आफ्ना विचार र मान्यताहरुमा दृढ रहेको र पार्टी एकतालाई लेनदेनको विषय नबनाउने स्पष्ट पार्नुभयो’, उच्च श्रोतले भन्यो ।

GBIME

प्रतिक्रिया दिनुहोस्