Shikhar Insurance

एमाले एकताः आइतबार सुखद समाचार ?

सिंहदरबार संवाददाता
२०७८ असार २६, शनिबार १९:२३
NIMB
Nabil Bank

काठमाडौं । नेकपा(एमाले)को एकता प्रक्रियामा आइतबार सुखद समाचार सुन्न पाइने कार्यदल सदस्य गोकर्ण विष्टले बताएका छन् । शनिबारको वार्तामा पूर्ण सहमति नभएपनि आइतबार सुखद सन्देश सुन्न पाइने माधव नेपाल पक्षिय कार्यदल सदस्य बिष्टले बताए ।

वरिष्ठ नेता माधवकुमार नेपाल पक्षबाट कार्यदलका सदस्य गोकर्णराज विष्ट दलभित्रको समस्या सामाधन गर्ने विन्दुमा आफूहरु आइपुगेको जनाउँदै सहमतिलाई औपचारिकता दिन मात्र बाँकी रहेको बताए ।
“ हामी भोलि(आइतबार) पार्टी एकताको सुखद् समाचार सुन्ने सफलता प्राप्त गर्ने छौँ । त्यो विन्दुसम्म पु¥याउनका लागि हामीले धेरै हदसम्म सहमति गरेका छौँ”, उनले भने, “अब सहमतिलाई औपचारिकता दिन मात्र बाँकी छ । भोलि एकताको सार्थक निष्कर्षमा पुग्दैछौँ ।”
एमालेलाई एकताबद्ध बनाएर राष्ट्र जनता, कम्युनिष्ट आन्दोलनको रक्षा र नेपालीको चाहनालाई सम्बोधन गर्नका लागि भोलि एकताको घोषणा गरिने जानकारी उनले दिए ।
एमालेका उपाध्यक्ष डा भीमबहादुर रावलले दलमा देखिएको समस्या समाधानको अन्तिम विन्दुमा पुगेको र चाँडै सहमतिको निष्कर्षमा पुग्ने बताए ।
बैठकमा एमाले नेता सुवास नेम्वाङ, विष्णुप्रसाद पौडेल, घनश्याम भुसाल, प्रदीपकुमार ज्ञवाली, सुरेन्द्रप्रसाद पाण्डेलगायत नेता सहभागी थिए । एमालेभित्र देखिएको विवाद समाधान गर्न लगातार कार्यदलको बैठक बसिरहेको छ ।

Citizen Life
Kumar Bank
Nepal Life
GBIME

प्रतिक्रिया दिनुहोस्