Shikhar Insurance

सिटिजन्स बैंकमा बिलय भयो सिर्जना फाइनान्स, एकीकृत कारोबार सुरू

सिंहदरबार संवाददाता
२०७८ असार २६, शनिबार २१:११
NIMB
Nabil Bank

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल र सिर्जना फाइनान्स गाभिएपछिको एकीकृत कारोबार सुरु भएको छ । बैंक र फाइनान्सलाई राष्ट्र बैंक तथा कम्पनी रजिस्ट्रारको कार्यालयको स्वीकृतिपछि शनिबारदेखि एकीकृत कारोबार सुरु गरेको हो ।

बैंक र फाइनान्सका सञ्चालक तथा उच्च व्यवस्थापनका कर्मचारी सहभागी भएको एक समारोहबीच बैंकका सञ्चालक समिति अध्यक्ष राजनसिंह भण्डारीले संयुक्त कारोबारको सुरुवात गरे ।

Citizen Life
Kumar Bank
Nepal Life

बैंकका अनुसार २०७८ असार २५ सम्मको तथ्यांकका आधारमा बैंकले फाइनान्सलाई प्राप्ति गरेपछि सर्वसाधारणबाट उठाएको निक्षेप करिब १ खर्ब ४१ अर्ब रुपैयाँ हुनेछ । त्यस्तै सोही अवधिमा सर्वसाधारणलाई दिएको ऋण लगानी करिब १ खर्ब २४ अर्ब रुपैयाँ हुनेछ ।

दुवैलाई एकीकृत कारोबार गर्न नेपाल राष्ट्र बैंकले असार १५ गते अन्तिम स्वीकृति दिइसकेको छ । अब सिटिजन्स बैंकको नामबाट एकीकृत कारोबार हुनेछ ।

दुवै संस्थाको जेठ २७ गते सम्पन्न विशेष साधारण सभाले प्राप्ति सम्बन्धी प्रस्ताव पारित गरेका थिए । सम्पति तथा दायित्व मूल्यांकन प्रतिवेदनका आधारमा तय भएको १००ः९५ शेयर स्वाप रेसियोमा प्राप्ति प्रक्रिया सम्पन्न गर्ने कार्यलाई अन्तिम स्वीकृति दिइएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्