Shikhar Insurance

जुवाको अखडा बन्यो भक्तपुर, दैनिक समातिन्छन् जुवाडे

सिंहदरबार संवाददाता
२०७८ असार २७, आईतवार १४:४७
NIMB
Nabil Bank

काठमाडौं । देशभरी कोरोना भाइरसको महामारी फैलिएर सामाजिक दूरी कायम गर्न र स्वास्थ्य मापदण्ड अपनाउन सरकारले आग्रह गरिरहेका बेला भक्तपुर भने जुवा तासको अखडा बन्न थालेको छ ।

प्रहरीले यहाँका विभिन्न नगरपालिका क्षेत्रमा जुवातासका अखडा बनाएर जुवा खेलिरहेको अवस्थामा धमाधम पक्राउ गर्न थालेको छ । मध्यपुरथिमि नगरपालिका–७ नगदेश र सूर्यविनायक नगरपालिका– ५ कटुन्जेबाट तास खेलिरहेका अवस्थामा प्रहरीले शनिबार साँझ २७ व्यक्तिलाई पक्राउ गरेको छ । नगदेशका ४० वर्षीय रत्नकाजी अवालेको रत्न खाजा घरमा तास खेलिरहेको अवस्थामा रत्नकाजीलगायत ११ व्यक्तिलाई प्रहरीले रु दुई लाख ६४ हजार १०० सहित पक्राउ गरेको बताइएको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

सूर्यविनायकको कटुन्जेको गणेश हिलका बासिन्दा ३२ वर्षीय कर्म तामाङको हाम्रो खाजा घरबाट पनि १६ व्यक्तिलाई रु एक लाख २१ हजार ६०० सहित पक्राउ गरिएको प्रहरी उपरीक्षक दीपक गिरीले बताए ।

चाँगुनारायण नगरपालिका–२ दुवाकोटको फोक्सिङटारमा डेरा गरी बस्ने दोलखा मेलुङ गाउँपालिका–६ का ४१ वर्षीय दिपेश भण्डारीको कोठाबाट पनि चार दिनअघि प्रहरीले ११ व्यक्तिलाई तास खेलिरहेका बेला पक्राउ गरेको र उनीहरुका साथबाट रु २४ हजार २४० बरामद गरेको छ ।

सूर्यविनायक–७ घ्याम्पेडाँडामा सञ्जीव वाग्लेले सञ्चालन गरेको घ्याम्पे आइएनएन होटलमा तास खेल्ने छ व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । जुवातास खेलिरहेका बेला महानगरीय प्रहरीवृत्त जगातिको टोलीले वाग्लेसहित उनीहरुलाई पक्राउ गर्नाका साथै रु ५८ हजार २०० बरामद गरेको छ ।

भक्तपुरमा नयाँ प्रहरी प्रमुख आएको एक साता नबित्दै जुवा तास खेल्ने व्यक्ति पक्राउ पर्न थालेका हुन् । नयाँ प्रहरी प्रमुख आउँदा जुवा खेल्ने तथा खेलाउने मान्छे पक्राउ परे पनि पछि भने पक्राउ नपर्ने भएकाले प्रहरीको मिलेमतो हुने गरेको थिमिका बासिन्दाको आरोप छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्