Shikhar Insurance

मनकामना स्मार्टको आईपीओ बाँडफाँट, तपाईलाई पर्यो ?

सिंहदरबार संवाददाता
२०७८ असार २८, सोमबार १०:३५
NIMB
Nabil Bank

काठमाडौं । मनाकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाको आईपीओ बाँडफाँट भएको छ । बिक्री प्रबन्धक एनएमबि क्यापिटलका अनुसार सोमबार आईपीओ बाँडफाँट भएको हो । सर्वसाधारणका लागि छुट्याइएको शेयर ३६ हजार ३ सय ४७ जनाले १०–१० कित्ता र २ जनाले ११–११ कित्ता पाएका छन् ।

मनकामना स्मार्टले असार १७ गतेदेखि २१ गतेसम्म १०० रुपैयाँ दरका ३ लाख ८९ कित्ता आर्इपीओ बिक्री खुला गरेको थियो । कुल निष्काशनमध्ये ०.५५ प्रतिशत अर्थात ६ हजार ५८ कित्ता कम्पनीका कर्मचारी र ५ प्रतिशतले हुने १९ हजार ४५० कित्ता सेयर म्युचुअल फन्डहरुलाई छुट्याइएको थियो । बाँकी ३ लाख ६३ हजार ४९२ कित्ता सर्वसाधारणका लागि खुला गरिएको हो ।

Citizen Life
Kumar Bank
Nepal Life

आईपीओका लागि २० लाख ३६ हजार २ सय ४५ जनाले २ अर्ब ६५ करोड ७४ लाख रुपैयाँ बराबरको २ करोड ६५ लाख ७४ हजार ५० कित्ताको आवेदन परेको थियो ।

GBIME

प्रतिक्रिया दिनुहोस्