संसद पुस्थापना हुँदा घट्यो सेयर बजार, शेर बहादुर देउवालाई रेड अलर्ट ?

काठमाडौं । प्रतिनिधी सभा पुनस्थापना गर्ने सर्वाेच्च अदालतको आदेश आएसँगै सेयर बजारमा भारी गिरावट आएको छ । बजार खुल्ने वित्तिकै निरन्तर बढेको थियो तर सर्वाेच्च अदालतले प्रतिनिधी सभा भंग गर्ने प्रधानमन्त्री ओलीको कदम बदर गर्दै काँग्रेस सभापति शेर बहादुर देउवालाई १८ घण्टा भित्र प्रधानमन्त्री बनाउन आदेश दिए लगत्तै बजारमा पहिरो गएको हो ।
सोमबार नेप्से परिसूचक ४५.०६ अंकले घटेर २८५४.७६ अंकमा झरेको छ । कारोबार रकम भने ९ अर्ब ९८ करोड रुपैयाँ पुगेको छ । सोमबार म्युचुअल फण्ड बाहेकका सबै सब इण्डेक्सहरु रातम्मै भएका छन् ।
काँग्रेस सभापति शेर बहादुर देउवालाई प्रधानमन्त्री बनाउन अदालतले आदेश दिएसँगै बजार घट्नुले देउवालाई सेयर बजारले रेड अलर्ट दिएको त होइन भन्न थालिएको छ । यद्यपी सर्वाेच्चको फैसलाले सडक आन्दोदनसहित राजनीतिक अस्थिरता निम्त्याउन सक्ने आशंकाले लगानीकर्ता निरुत्साहित भएका हुन् ।