वायुसेवा निगम निजीकरण विवादः महाप्रबन्धक पौडेलले सार्वजनिक गरे १० बुँदे तथ्य

काठमाडौं । नेपाल वायुसेवा निगमका महाप्रबन्धक डिमप्रकाश पौडेलले निगमलाई निजीकरण गर्न नखोजिएको स्पष्ट पारेका छन् । निगमको पुर्नसंरचना सम्बन्धमा गएको १५ दिनमा विभिन्न सञ्चार माध्यामहरुमा दिएको अन्तर्वाताहरुको सार र औपचारिक धारणा प्रस्तुत गर्दै उनले नेपाल वायुसेवा निगम निजिकरण गर्न कुनै हालतमा नखोजिएको दाबी गरे । “यसलाई सिधा हिसाबले बुझ्ने भाषामा नेपाल टेलिकमको मोडलमा लान मात्र तयारी गरिएको हो,” पौडेलले भनेका छन्, “कम्तिमा ५१ प्रतिशत नेपाल सरकारको संस्थापक सेयर रहने सुनिश्चितता गरिने छ ।” त्यसपछि कर्मचारी, प्रतिष्ठित विदेशी वायुसेवा लगानीकर्ता (रणनैतिक साझेदारको रुपमा) र सर्वसाधरणको सेयरको लागि बाटो खुल्ला गरिने उनले बताए । राष्ट्रको गौरव राष्ट्रिय ध्वजाबाहक निगम अहिलेको जस्तो आर्थिक र व्यवस्थापकीय जर्जरताबाट चल्न नसक्ने उनको अडान छ । “यसरी चलाउनु पनि हुँदैन,” पौडेलले थपे, “सरकारी संस्थानको रुपमा रहँदा सरकारको सहयोग भन्दा राजनैतिक हस्तक्षेप बढी हुनु स्वाभाविक छ। अब सरकार एउटा बहुमत प्राप्त सेयर होल्डर र संरक्षकको रुपमा मात्र रहनु उपयुक्त हुन्छ । जनताको पैसाले निगम चलाउने प्रयत्न गर्नु हुदैन ।” उनका अनुसार निगमको सम्पत्ति तथा दायित्व मान्यता प्राप्त निकायबाट पुर्नमुल्याङकन गरि नेपाल सरकारको पुँजीको रुपमा नयाँ बन्ने कम्पनिमा लगानी गरिनु पर्ने उनको बुझाइ छ । हवाई जहाज, मेसिन र उपकरणमा ह्रास भए पनि जग्गा जमिनको मुल्य बढ्ने हुनाले यस अघि गरिएका मुल्याङकनहरु यस प्रयोजनको लागि अमान्य हुने उनले बताए … Continue reading वायुसेवा निगम निजीकरण विवादः महाप्रबन्धक पौडेलले सार्वजनिक गरे १० बुँदे तथ्य