Shikhar Insurance

जापानले नेपाललाई १६ लाख डोज अस्ट्राजेनिक खोप दिने, कोभिसिल्डको दोस्रो डोजका रूपमा काम गर्ने

सिंहदरबार संवाददाता
२०७८ असार २९, मंगलवार १६:४४
NIMB
Nabil Bank

काठमाडौं । जापानले नेपाललाई १६ लाख डोज कोभिडविरूद्धको खोप दिने भएको छ । जापानले कोभ्याक्स संयन्त्रमार्फत् नेपाललाई अस्ट्राजेनिका खोप प्रदान गर्ने काठमाडौंस्थित जापानी दूतावासले जनाएको छ ।

सो खोप मध्य जुलाई देखि अगस्ट अन्त्य भित्रमा नेपाल ल्याइने जापानी दूतावासले उल्लेख गरेको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

यो खोप आएपछि कोभिसिल्ड लगाएर अन्योलमा परेकाहरू पनि लाभान्वित हुनेछन् । जापानले नेपालसहितका एसियाली मुलुकहरुलाई कोभ्याक्सबाट १ करोड १० लाख डोज खोप दिने जनाएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्