Shikhar Insurance

देउवा सरकारमा एमसीसीको भविष्य के हुन्छ ? प्रचण्डले पास गर्लान त ?

सिंहदरबार संवाददाता
२०७८ असार २९, मंगलवार १९:४१
NIMB
Nabil Bank

काठमाडौं । एमसीसी जसरी पनि संसदबाट पास गरेर कार्यान्वयन गर्नुपर्छ भन्ने काँग्रेस सभापति शेर बहादुर देउवा प्रधानमन्त्री बनेसँगै एमसीसीको भविष्यबारे पुनः चासो बढेको छ । तत्कालिन केपी ओली सरकारले एमसीसीलाई संसदमा पेश गरेको थियो तर तत्कालिन नेकपाका अध्यक्ष प्रचण्ड र माधव कुमार नेपाल समुहले बिरोध गरेको थियो । तत्कालिन सभामुख कृष्ण बहादुर महरा र वर्तमान सभामुख अग्नि सापकोटाले एमसीसी कार्यान्वयन सम्बन्धी सम्झौता संसदमा पेश गर्न अस्विकार गरेका थिए ।

तर केपी ओली र शेर बहादुर देउवा दुबै एमसीसी पास गराउनुपर्ने अडानमा थिए । आफ्नै पार्टीले असहयोग गरेपछि ओलीले एमसीसी पास गराउन सकेका थिएनन् । तर अहिले परिस्थिति बदलिएर एमसीसीका अर्का कट्टर पक्षधर देउवा प्रधानमन्त्री बनेका छन् भने ओली प्रमुख प्रतिपक्षी दलको नेता छन् ।

Citizen Life
Kumar Bank
Nepal Life

सरकारको मुल नेतृत्व र प्रमुख प्रतिपक्षी दल नै एमसीसीको पक्षमा देखिएका छन् । तर सत्ताको प्रमुख घटक माओावादी केन्द्र र देउवालाई प्रधानमन्त्री बनाउन किङ मेकरको भूमिकामा रहेका एमाले बरिष्ठ नेता माधव कुमार नेपाल भने त्यसको विपक्षमा छन् ।

के देउवा र ओली मिलेर एमसीसी पास गर्छन् त ? के प्रचण्डले अब पनि एमसीसीको बिरोध गरेर संसदबाट रोक्न सक्छन् ? ‘अहिलेको राजनीतिक उतार चढावको एउटा प्रमुख कारण एमसीसी पनि हो, प्रधानमन्त्री र विपक्षी दलको नेता दुबै एमसीसी पक्षधर छन्, सत्ता साँझेदार प्रचण्डले रोक्न सक्छन् वा सक्दैनन भन्न सकिन्न’, श्रोतले भन्यो ।

GBIME

प्रतिक्रिया दिनुहोस्